सामुदायिक वन उपभोक्ता समूहद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

मंसिर १०, चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका वडा –१३ ठूलोसिरुवारीमा रहेको तामाखानी सामुदायिक वन उपभोक्ता समूहले एक विद्यालयको बालबालिकाई न्यानो कपडा वितरण गरेको छ ।

सोही वडामा रहेको श्री बि.पी मेमोरियल आधारभूत बिद्यालयमा पढ्ने ४५ जना विद्यार्थीलाई विद्यालय पोशाक (ट्राकसुट) वितरण गरिएको तामाखानी सामुदायिक वन उपभोक्ता समूहले जनाएको छ ।

सो समितिका अनुसार विद्यालयका बालबालिकाहरुलाई न्यानो कपडा चौतारा साँगाचोकगढी नगरपालिकाका सामाजिक विकास समितिका संयोजक एवं १३ नम्बर वडावध्यक्ष रामप्रसाद गौतमले एक कार्यक्रमका बीच वितरण गरेका थिए ।

तामाखानी सामुदायिक वन उपभोक्ता समूहले विद्यालयका बालबालिकाहरुलाई न्यानो कपडा उपलब्ध गराएर रचनात्मक कार्य गरेको भन्दै सो समुहलाई प्रसंसा व्यक्त गरे । वन समुहको त्यस किसिमको उत्कृष्ट कार्यप्रति त्याहाँका स्थानीय समेत उत्साहित भएका छन् ।