उद्योग वाणिज्य संघद्वारा अन्तरक्रिया सहित कार्यालय प्रमुखलाई स्वागत
५ मंसिर, चौतारा । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघद्वारा चौतारामा अन्तरक्रिया सहित कार्यालय प्रमुखहरुलाई स्वागत कार्यक्रम गरेको छ ।
उद्योग वाणिज्य संघले उद्यमी, व्यवसायी र सरोकारवालहरुसंग व्यवसायीक अन्तरक्रिया गर्दै नवआगन्तुक सरकारी कार्यालयका प्रमुखहरुलाई स्वागत गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्य एवं सल्लाहकार समितिका सभापति बेद बहादुर श्रेष्ठले सिन्धुपाल्चोक जिल्लाको कृषि र पर्यटनलाई जोड दिन सकेमा मात्र अर्थतन्त्र बृद्धि हुने र आत्मनिर्भतामा विकास हुने बताए ।

उनले सरकारले सिन्धुपाल्चोकको लाइफलाईन तातोपानी नाकालाई व्वयस्थित गर्न र चीन सरकारसंग आवश्यक तालमेल गर्न आवश्यक रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । जनावरी १५ बाट विविध बाहानामा नाका बन्द हुने भन्ने हल्ला चल्न थालेकोले त्यसो हुन नदिन सरकारले बेलैमा व्यवसायीहरुको मनोवल उच्च हुनेगरी काम गर्ने वातावरण बनाउन माग गरे ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै सिन्धुपाल्चोक जिल्लामा भर्खरै आएका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले राज्यको अर्थतन्त्रको खम्बा उद्योगी व्यवसायी नै भएको बताए । उनले जिल्लामा हुने आवश्यक कार्यको लागि कुनै जटिलता उत्पन्न भए जिल्ला प्रशासनले आवश्यक कदम अगाढी बढाउने बताए ।

त्यस्तै मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत लोक बहादुर भण्डारीले जिल्लामा भूमि सम्वन्धि केहि सल्लाह लिन आएमा आफु सदैब हटलाईन सम्पर्कमा रहने र आवश्यक सल्लाह र राय दिन तत्पर रहेको बताए ।

उद्योग तथा बाणिज्य कार्यालयका प्रमुख त्रिपुरारी बखरेलले आफ्नो सेवाक्षेत्र भित्र पर्ने उद्योगी र व्यवसायीहरुको छाता संस्था उद्योग वाणिज्य संघले गर्ने गरेको कार्यले कार्यालयको समेत धारणा र सेवा प्रवाहको बारेमा जानकारी दिने वातावरण भएको बताए । व्यवसायीहरुले उठाएका कानुनी जटिलता र दोहोरो करको मारमा पर्ने गरेको भन्ने गुनासा उपर सबैले प्रदेश ऐन अनुसार कार्य गरेमा सहज हुने धारणा राखे ।
त्यस्तै नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका उपाध्यक्ष दिपक अर्यालले उद्योग बाणिज्य संघले विगतमा पारेको प्रभाव कायम राख्न र नीजी क्षेत्रको खम्वाको रुपमा आवश्यक कार्य गर्नका लागि सुझाएका थिए ।

यसैबीच उद्योगवाणिज्य संघले जिल्लामा नवआगन्तुक सरकारी कार्यालयका कार्यालय प्रमुखहरुलाई स्वागत गरेको छ । स्वागत पाउनेहरुमा सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठ, इन्द्रध्वज गणका प्रमुख सेनानी अदित श्रेष्ठ, रााष्ट्रिय अनुसन्धान कार्यालय सिन्धुपाल्चोकका उप अनुसन्धान निर्देशक सुवास कार्की र मालपोत कार्यालयको प्रमुख मालपोत अधिकृत लोक बहादुर भण्डारी रहेका छन् । उनीहरुलाई संघको लोगो अंकित खादा र सिन्धुपालचोक जिल्लाको धार्मीक, ऐतिहासिक एवं साँस्कृतिक स्थलहरुले सजिएको मायाको चिनो प्रदान गरिएको संघका सचिव तिर्थराज पौड्यालले जानकारी दिए ।

कार्यक्रममा संघका उपाध्यक्ष उजारसिं तामाङले शव्दद्धारा स्वागत गरेका थिए । स्वागतका सन्दर्भमा जिल्लामा संघले गर्दै आएका कामहरुको बारेमा सवैलाई जानकारी गराए ।

संघको शाखा कार्यालय चौतारामा भएको सम्पन्न कार्यक्रममा संघका पदाधिकारी, सल्लाहकार, उद्योगी तथा व्यवसायी सहभागी थिए । व्यवसायी संरक्षणका सबालमा उद्योग वाणिज्य संघ सदैव अग्रपंत्तिमा रहेको महासचिव ईश्वर गुभाजूले बताए । कुनै कठिनाई भएमा संघमा मौखिक तथा लिखित निवेदन गर्न समेत व्यवसायी तथा उद्योगीहरुलाई आग्रह गरे ।

अध्यक्ष बुद्धराज बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग वाणिज्य संघका दितीय उपाध्यक्ष इन्द्र बहादुर राउत, मानार्थ उपाध्यक्ष उजार सिंह तामाङ, महासचिव इशवर गुभाजु, सचिव तिर्थराज पौडेल, सहकोषाध्यक्ष उद्धब पौडेल, कार्यससमति सदस्य अशोककुमार श्रेष्ठ, अमर बहादुर श्रेष्ठ (उमेश), राजकुमार बस्नेत, उद्धव तिमल्सीना, मणिकलाल श्रेष्ठ, भुपेन्द्र थापा, राजु श्रेष्ठ, सल्लाहकार सचिव रुपक धिताल, सल्लाहकार सदस्यहरु महेन्द्रसिंह थापा, रविन गौतम, आसिष दाहाल, सन्तोषी पराजुली, सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका सचिव कृष्ण सापकोटा लगायत अन्य सदस्य, र साधारण सदस्यहरुको उपस्थिति थियो ।
कार्यक्रम लगतै बसेको कार्यकारिणी समितिको बैठकले संघको सदस्य कुमार थापाको दिवंगत माता चुना कुमारी थापाप्रति श्रद्धान्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरिएको थियो । त्यस्तै आगमी पौष महिनामा साधारण सभा गर्ने र संघको अन्य गतिविधिलाई चुस्त बनाउनको लागि महत्वपूर्ण निर्णय गरिएको संघका अध्यक्ष बुद्धराज बस्नेतले जानकारी गराए ।

