साझेदारी नेपालको १४औं बार्षिक साधारणसभा सम्पन्न
कार्तिक २९, मेलम्ची । साझेदारी नेपालको १४औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सम्बोधन गर्दै नगरप्रमुख तामाङले साझेदारी नेपालले शैक्षिक क्षेत्रमा उल्लेख्य काम गरेको बताए । नमुना किचेन गार्डेन लगायत विद्यालयमा गुणस्तरीय शिक्षाका लागी काम गरिरहेकोमा उनले संस्थालाई धन्यवाद व्यक्त गरे । संस्थाको भवन निर्माणको लागी उनले जग्गाको व्यवस्थापन गरेमा सहयोग गर्ने उदघोष गरे ।
शैक्षिक गुणस्तर वृद्धिको लागी तालिम, सचेतना, शैक्षिक सामग्री वितरण लगायतका क्षेत्रमा काम गर्दै आएको संस्थाका अध्यक्ष मानबहादुर भुषालले जानकारी दिए । बालकक्षा सहयोगी शिक्षक तालिम, विषय शिक्षक तालिम, वालक्लव क्षमता विकास कार्यक्रम, विद्यालयका अभिभावक तथा शिक्षकहरु र बालबालिकाहरुलाई दासत्व तथा मानव वेचविखन हुनबाट बचाउनु संस्थाको मुख्य उद्देश्य रहेको सचिव कृष्ण थापाले जानकारी दिए ।

