खाेर्सानीबारी–लिपिङ सडकखण्ड स्तरोन्नति गर्न ३ अर्ब बजेट सुनिश्चित
कार्तिक २९, काठमाडौं । नेपाल–चीनबीचको ऐतिहासिक व्यापारिक तातोपानी नाका जोड्ने अरनिको लोकमार्ग अन्तर्गत खोर्सानीवारी–लिपिङ सडकखण्ड स्तरोन्नति गर्न ३ अर्ब बजेट विनियाेजन भएकाे छ ।
बजेटसहित ठेक्काको सम्पूर्ण प्रक्रिया पूरा भई आसयपत्र समेत प्रकाशित भएपछि उक्त सडक स्तर उन्नतीकाे लागि बाटाे खुलेकाे हाे ।
सिन्धुपाल्चोक–१ बाट जनप्रतिनिधिका रुपमा निर्वाचित निवर्तमान सांसद माधव सापकोटाकाे निरन्तर प्रयास अन्ततः सफलता मिलेकाे हाे । आफू साे क्षेत्रकाे सांसद भएसंगै उक्त सडक स्तरन्नती गर्नकाे लागि निक्कै ठूलो मेहनत र समय पश्चात यसले सार्थकता पाएको उनले प्रतिक्रिया दिए ।
उनले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गर्दै भनेका छन, ´हाल यस महत्वपूर्ण कामलाई सम्भव बनाउन सहयोग र सहजीकरण गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु । दिगो रूपमा सडक स्तरोन्नतिको काम अघि बढाउन सबैले जिम्मेवारीपूर्वक निगरानी र खबरदारी जारी राख्दै निर्माणको वातावरण बनाउन समेत सबैलाई अनुरोध गर्दछु ।`

