निकै उत्साह र रौनकता छाउँदै ठूलोसिरुवारी खेलकुद महोत्सव २०८२ सकियो

दिनेश दुलाल
कार्तिक ३, चौतारा । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१३ ठूलोसिरुवारीमा भएको तेश्रो खेलकुद महोत्सव तथा नगर मावि स्तरीय जुनियर कराते प्रतियोगिता २०८२ सम्पन्न भएको छ ।

खेलाडीहरुमा निकै उत्साह र रौनकता छाउँदै दुई दिन चलेको खेलकुद महोत्सव सोमबार सम्पन्न भएको हो । १३ नम्बर वडा खेलकुल विकास समितिले दिएको विवरण अनुसार समग्र २१ वटा गोल्ड सहित सेतीदेवी मावि टिम च्याम्पीयन हुन सफल भएको छ ।
महिला भलिबलमा सेतीदेवी मावि प्रथम, सेतीदेवी मावि भु.पू विद्यार्थी द्वितीय हुन सफल भएको छ ।

यसैगरी फुटबल खेलमा साविक वडा नम्बर ३ प्रथम र वडा नम्बर ५ द्वितीय हुँदा भलिबलमा सेतीदेवी भु.पु विद्यार्थी प्रथम र सेतीदेवी मावि समुह द्वितीय भएका छन् । दौड ३००० मिटरमा कुन्डलादेवि माविका सुनिल ढुङगेल प्रथम र सेतीदेवीका दिपेन्द्र गिरी द्वितीय भएका छन भने महिला तर्फ सेतीदेवीकी रोजिना गिरी प्रथम, कुण्डलाकी गिता गिरी द्वितीय भएकी छिन् । यसैगरी १५०० मिटर दौडमा सेतीदेवीका दिपेन्द्र गिरी प्रथम, कुण्डलाका राजु श्रेष्ठ द्वितीय भएका छन भने महिला तर्फ कुण्डलाकी गिता गिरी प्रथम र सेतीदेवीकी रोजिना गिरी द्वितीय भएकी छिन् । यस्तै ८०० मिटर दौडमा कुण्डलाका राजु श्रेष्ठ प्रथम र कुण्डलाकै सुनिल ढुङगेल द्वितीय भएका छन् भने महिला तर्फ कुण्डलाकी सुजता गिरी प्रथम र सेतीदेवीकी भिम मायाँ श्रेष्ठ द्वितीय भएकी छिन् ।

यस्तै ४०० मिटर दौडमा कुण्डलाका राकेश तामाङ प्रथम र सेतीदेवीका देवीलाल श्रेष्ठ द्वितीय भएका छन् भने महिला तर्फ सेतीदेवीकी तारा श्रेष्ठ प्रथम र सोहीकी रजिना नेपाली द्वितीय भइन । यस्तै २०० मिटर दौडमा सेतीदेविका देवीलाल श्रेष्ठ प्रथम र सोहीका सुदिप पुरी द्वितीय भएका छन् भने महिला तर्फ कुण्डलाका शितल श्रेष्ठ प्रथम र सेतीदेवीकी रजनी नेपाली द्वितीय भएकी छिन् ।

त्यस्तै १०० मिटर दौडमा सेतीदेवीका मनिश गहतराज प्रथम र कुण्डलाका राकेश तामाङ द्वितीय भएका छन् भने महिला तर्फ कुण्डलाकी शितल श्रेष्ठ प्रथम र सेतीदेवीकी रजनी नेपाली द्वितीय भएकी छिन् ।

त्यस्तै रिले प्रतियोगितामा सेतीदेवीका रोशन गहतराज समुहबाट देवीलाल श्रेष्ठ, सुदिप गिरी र मनिश गहतराज सहितले प्रथम स्थान हाँसिल गरेका छन भने महिला तर्फ शितल श्रेष्ठको समुहबाट कुण्डालाकी सुजता गिरी, गिता गिरी र निरुता गिरी सहितले प्रथम स्थान हाँसिल गरेका छन् ।

यस्तै द्वितीय तर्फ कुण्डलाका राजु श्रेष्ठ समहुबाट राजु श्रेष्ठ, सुनिल ढुङगेल राकेश तामाङले जित हाँसिल गरेका छन् भने महिला तर्फ सेतीदेवीकी तारा श्रेष्ठको समुहले रोजिना गिरी, कविता श्रेष्ठ र अमिशा तामाङले द्वितीय स्थान हाँसिल गरेका छन् ।

यस्तै सटफुटमा सेतीदेवीका प्रकाश गजमेर प्रथम भएका छन् भने सोहीका रन्जित मैनाली द्वितीय भएका छन् । त्यस्तै १–३ ५० मिटरमा कालीदेवीका स्यामल रोक्का प्रथम र विपीका भुपेन्द्र खड्का द्वितीय भएका छन् भने छात्रा तर्फ विपीकी आयुष्मा गिरी प्रथम र कालीदेवीकी मनिका रोक्का द्वितीय भइन । यसैगरी ज्याबलिङ थ्रो मा सेतीदेवीका सुरज श्रेष्ठ प्रथम र सोहीका किरण गिरी द्वितीय भए भने छात्रा तर्फ कुण्डलाकी मनिका तामाङ प्रथम र सोहीकी सुजता गिरी द्वितीय भईन । विजेता सबैलाई नगद पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै करातेमा राष्ट्रिय स्तरमा सभागी भएर विजेता हुने अन्जन पुरी लगाएतलाई सम्मान गरिएको हो ।

दिउसो ३ बजे भएको ठूलोसिरुवारी खेलकुद महोत्सवको समापन कार्यक्रममा १३ नम्बर वडाअध्यक्ष रामप्रसाद गौतम, ८ नम्बर वडाअध्यक्ष अमृत दंगाल, नगर योजना शाखा प्रमुख दुर्गा ढुङगेल र १० नम्बर वडाका पूर्व वडाअध्यक्ष बेलबहादुर श्रेष्ठ लगाएतले खेलाडीहरुलाई पुरस्कृत गरेका थिए । खेलकुद महोत्सव कार्यक्रममा ५ सय भन्दा माथि युवाहरु सहभागी भएको आयोजकले जनाएको छ । कार्यक्रमको उदघाटन पूर्व सामाजिक विकासमन्त्री युवराज दुलालले गरेका थिए ।