जुगलमा जनताको व्यापक सहभागितामा श्रमपार्क बन्दै(फोटो फिचर सहित)

लुकी झर्ना सिन्धुपाल्चोकै मनोरम ठाउँ

दिनेश दुलाल
असोज ३१, ढाँडे । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकामा जनताको व्यापक सहभागितामा सुरु भएको श्रमपार्क निर्माण अभियान तथा सोही ठाउँमा रहेको लुकी झर्ना यतिबेला निकै चर्चा कमाएको छ ।

रत्नराज्य मावि चनौटेका कक्षा ९ र १० मा अध्यानरत विद्यार्थी, शिक्षक र स्थानीय श्रम पार्क निर्माणको अभियानमा

सामाजिक अभियान्ता सोमछिरिङ तामाङ र गणेशबहादुर श्रेष्ठ (गौरब) को नेतृत्वमा त्याहाँका जनताले निशुल्क स्वतः स्फुर्त एकसाता देखि श्रम अभियानमा जोडिएका छन् ।

गाउँपालिका–५ गणेश खोला अवस्थित लुकी झर्ना नजिक बन्न लागेको श्रम पार्कमा स्थानीय युवा, युवती, वृद्व देखि विद्यार्थी र शिक्षकहरु समेत सहभागी श्रमपार्क अभियान निकै लोभलाग्दो र आकर्षक बनेको छ । ठेक्कापट्टा र योजनामा आर्थिक अनियमिता भएको चर्चा भइरहँदा जुगलका स्थानीय जनता भने विना शुल्क श्रम अभियानमा लागेका छन् ।

विना पारिश्रमिक महिनौ श्रम अभियानमा जनता लागेको सम्भवत सिन्धुपाल्चोकको जुगल गाउँपालिका पहिलो अभियान भएको छ । आफ्नो गाउँको बाटोघाटो, चौतारी, पुल पुलेसा, मठमन्दिर सरसफाई अभियान थालेका स्थानीय जनताले अहिले सयौंको सहभागितामा श्रम पार्क निर्माणमा जुटेका छन् । ‘आफ्नो पालिका आफैं बनाऔं, गाउँमा पर्यटक भित्रयाउ’ भन्ने सोचका साथ स्थानीय युवाहरु यतिबेला सामाजिक कार्यमा खटिएका छन् ।

जुगल गाउँपालिका वडा न ५ का समाजसेवी तामाङ र श्रेष्ठको नेतृत्वमा ‘समृद्व जुगल निर्माणको लागि गरौं’ नाराका साथ श्रमदान अभियानमा युवा, वृद्व, महिला सबै एकैसाथ लागेका छन् । श्रम अभियानको प्रारम्भ गरि जुगल गाउँपालिकाको वडा नम्बर १, ५ र बलेफी गाउँपालिकाको वडा नम्बर १ को नयाँ बस्तिमा मोटरबाटो सरसफाइ गोरेटो बाटो सरसफाइको काम सुरु गरेर थालिएको अभियानका अगुवा सोमछिरिङले बताए । उनका अनुसार उक्त अभियान को सातौ दिनसम्म ३०० जान श्रमदाताहरुले श्रमदान गरेका थिए । उक्त काममा स्थानीय आफैंले खाजाको समेत बन्दोबस्त गरेको उनले सुनाए ।

जुगलको गणेश खोलामा रहेको लुकी झर्नामा विद्यार्थी रमाउँदै

उत्साहजानक सहभागिता जनाएका श्रम अभियान टोलीले अभियानको आठौ दिनमा जुगल ५ मा रहेको गणेश खोला लुकि झर्नालाई आन्तरिक तथा बाह्य पर्यटकीय स्थलको रुपमा विकास गर्नको लागि श्रमपार्क निर्माण भइरहेको तामाङले जानकारी दिए । श्रम अभियानमा जनताको स्तत स्फुर्त सहभागि भएको अर्का अभियान्ता गणेशबहादुर श्रेष्ठ (गौरब) ले बताए ।
उनका अनुसार उक्त अभियानमा रत्नराज्य माध्यामिक विद्यालय चनौटेका ९ र १० का सयौं विद्यार्थी तथा विद्यालयका शिक्षकहरु समेत सहभागी भएका थिए ।

सुरुमा जुगल गाउपालिका अध्यक्ष रेशम स्याङ्बो, २ न वडा अध्यक्ष चन्द्रकाजी लामा, ५ न वडा अध्यक्ष रबिन्द्र घिमिरे समेत सहभागी भएर हौसला दिएका थिए । पार्क निर्माणमा पालिकाले लगानी गर्ने बचन दिएको उनले सुनाए ।

सोमछिरिङका अनुसार जुगल–५ डबली, च्यानडाडा, टेकनपुरका स्थानीयको बाक्लो सहभागिता रहेको थियो । पार्क निर्माणको लागि गाउँपालिकाले जमिन सम्याउनको लागि जेसिबी उपलब्ध गराइदिएको सोमछिरिङको भनाई छ । उनका अनुसार उक्त अभियान जुगल गाउपालिका भरिनै हुनेछ ।

लामो समय देखी आफुहरुलाई समाज सेवामा समर्पित गर्दै आएका जुगल –५ र १ का युवाहरुले आफ्नो गाउँ टोलमा श्रमदान मार्फत योगदान गरेको प्रति गाउँपालिका अध्यक्ष स्याङबोले खुशी व्यक्त गर्दै धन्यवाद दिए । लुकी झर्नालाई पर्यटकीय क्षेत्र बनाउने पालिकाको योजनालाई जनतालाई निशुल्कः सहयोग गरेर पुरा गरेको उनले प्रतिक्रिया दिए । स्थानीय जनताको आफ्नै श्रम र लगानीमा श्रम पार्क बनेसंगै श्रम पार्ककै छेउमा रहेको लुकी झर्नालाई पालिकाले पोखरी निर्माण लगाएत आकार्षक संरचनाहरु निर्माण गरिने बताए । श्रमपार्क निर्माण तथा सरसफाइ अभियानमा आफु पनि निरन्तर सहभागि हुने उनले बचन दिए । जुगल गाउँपालिकाका युवाहरुको श्रम अभियानले छिमेकी पालिकाका युवाहरुमा समेत सकरात्मक प्रभाव परेको स्थानीय बताउँछन् ।

आफ्नो गाँस काटेर जनताले स्तःस्फुर्त एउटै मन एउटै भावना लिएर श्रम पार्क निर्माण अभियानमा लागेको जनप्रतिनिधि समेत रहेकी वडा सदस्य अनिता नेपालीले बताइन । श्रमपार्क निर्माण अभियानमा स्थानीय सहकारीमा आवद्व व्यक्तिहरु समेत सहभागि भएर हौसला प्रदान गरिएको बराम्चे महिला बचत तथा ऋणसहकारी संस्थाकी अध्यक्ष साबित्री घिमिरेले बताईन । गणेश खोला स्थित लुकी झर्नालाई पर्यटन प्रवद्र्वन गर्न श्रमपार्क निर्माण अभियानमा सिभिल इन्जिनियर पढ्दै गरेका विद्यार्थीहरुलाई समेत सहभागि गराईएको रत्नराज्य माविका जितेन्द्रदेव यादवले बताए ।

पर्यटकीय स्थल लुकी झर्नाको प्रचार गर्ने हिसाबले निर्माण हुन लागेको श्रमपार्कको लागि विद्यार्थीहरुले समेत साथ दिएको रत्नराज्य माविकी स्मृति पौडेलले बताईन । आफुहरुले खाजा समेत घरबाटै बोकेर सिंढी निर्माण लगाएत निर्माण काममा मिस्त्रीको काम गरेर सहयोग गरेको श्रमअभियानमा खटिएका मजुर रणबादुर श्रेष्ठले बताए ।