जुगलमा नयाँ प्रमुख प्रशासकीय अधिकृत

असाेज २७
चनाैटे । जुगल गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत गाैरबराज केसी आएका छन् ।

यस अघि प्रमुख प्रशासकीय अधिकृत लाेकबहदुर बिक सरूवा भएसंगै लामाे समय रिक्त रहेकाेमा संघीय मन्त्रालयबाट सरूवा भई आएका केसीलाइ आज गाउँपालिकाले स्वागत गरेकाे हाे ।

नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत गर्दै गाउँपालिका अध्यक्ष रेशम स्याङ्बाेले जुगल गाउँपालिकालाई सफल गाउँपालिका बनाउनकाे लागि सबैकाे सयाेग जरूर रहेकाे बताए । कर्मचारीले गरेकाे कामले दृघकालिन प्रभाव पर्ने भएकाेले कर्मचारीकाे महत्वपूर्ण भूमिका रहने बताए । जुगल गाउँपालिका प्रगति उन्मुख रहेकाे उनले बताए ।

जुगल हिमालकाे फेदीमा रहेकाे पर्यटकीय सम्भावना रहेकाे उक्त गाउपालिकालाई समृद्ध गाउँपालिका बनाउन जनप्रतिनिधि र कर्मचारी सबै मिलेर हातेमालाे गर्नुपर्ने धारणा राखे ।

पालिकाले प्रमुख प्रशासकीय अधिकुत गाैरब केसीले मालिकाका सबै जनप्रतिनिधि समेतकाे सहयोगले गाउँलाई समृद्ध बनाउन सकिने बताए । जनताकाे कामकाे लागि सहज र सरल तरिकाले सेवा दिन आफू हरदम लागिपर्ने बताए ।

जनप्रतिनिधिले जनतामा व्यक्त गरेका प्रतिवद्धता अनुसार कर्मचारीले सहयाेग गर्ने वचन दिए ।

कार्यक्रममा सबै वडाकाे तर्फबाट ४ नम्वर वडा अध्यक्ष प्रेम तामाङ तथा प्रअहरूकाे तर्फबाट फिराेज सिलवालले स्वागत मन्तव्य राखेका थिए ।