सिन्धु एमालेका पूराना नेता श्रेष्ठ लगाएत एक दर्जन माओवादी केन्द्रमा प्रवेश

भदौ १२, काठमाडौं । नेकपा एमाले सिन्धुपाल्चोकका पूराना नेता ईश्वरीप्रसाद श्रेष्ठ लगायत एक दर्जन नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । बिहीबार माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा एक कार्यक्रम गरी उनीहरू माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।

उनीहरूलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा भित्र्याउने तयारी थियो । तर प्रचण्ड विराटनगर गएपछि माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । प्रवेश गर्नेहरुलाई माओवादी उपाध्यक्ष सापकोटा लगाएत जिल्लाका नेताहरुले अबिर खादा लगाईदिएर प्रवेश गराएका थिए ।

श्रेष्ठसँगै चौतारा साँगाचोकगढी नगरपालिका–१० का पूर्ववडाध्यक्ष विष्णु लामा र सिताराम गिरीलगायत प्रवेश गरेको माओवादी केन्द्रका जिल्ला नेता टोपनाथ सापकोटा (टिएन) बताए । उनीहरूसँगै एमालेका अन्य कार्यकर्ता पनि माओवादीमा प्रवेश गर्न लागेको उनले बताए । लामा र गिरी नेकपा एमाले र माओवादी एकता टुटेपछि एमालेमै रहेका थिए ।