हिन्दीमा बोलेरो दुर्घटना हुँदा भोटेकोशी नदिमा दुई वेपत्ता

भदौ १०, हिन्दी । सिन्धुपाल्चोकको भोटेकोशी–४ हिन्दी स्थित अरनिको सड्क खण्डमा बलेरो दुर्घटना हुँदा भोटेकोशी नदिमा दुई वेपत्ता भएका छन् ।

तातोपानी बाट बाह्रबिसे तर्फ आउदै गरेको बा २१ च ७५४४ नं. को बोलेरो दिउसो ३ः ३० बजेको समयमा सड्कबाट अन्दाजी २० मिटर तल भोटेकोशी नदिमा खसी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

प्रहरीका अनुसार सर्लाही बरथहवा नगरपालिका– २ बस्ने बर्ष २३ को राजेश कुमार कुसहवाले चलाएकोे उक्त बलेरो दुर्घना हुँदा चालक र सहचालक दुईजनै वेपत्ता भएका छन् । उक्त बोलेरोमा चालक सहित सहचालक रौतहट जिल्ला बौधिमाई नगरपालिका– १ बस्ने बर्ष २५ को राम प्रवेश महत्तो समेत गरी २ जना रहेको भन्ने बुझिएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरिक्षक सुमेश पाण्डेले बताए । टुचन लगाई बोलेरो तान्न खोज्दा १ जना पुरुषको शव नदिले बगाएकोले हाल दुवैजनाको खोजतलास भैरहेको उनले बताए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरीचौकी हिन्दीबाट प्रहरी सहायक निरिक्षक नवराज नेपालको कमाण्डमा २ जना र इप्रका बाह्रबिसेबाट प्रनि पाण्डेको कमाण्डमा २ गरी ४ जनाको टोली घटना स्थलमा तत्काल पुगेका थिए । अहिले सशस्त्र, नेपाल प्रहरी तथा स्थानीयले भोटेकोशी नदिमा खोजतलास गरिरहेको प्रहरी निरिक्षक पाण्डेको भनाई छ ।