माओवादीको जिल्ला भेला सम्पन्न, माओवादीप्रति जनविस्वास बढ्दोक्रममा रहेको छ –नेता शाक्य

२६ साउन , चौतारा । नेकपा माओवादी केन्द्रको जिल्ला भेला चौतारामा एक कार्यक्रमका विच सम्पन्न भएको छ । भेला कार्यक्रमका प्रमुख अतिथी नेता हितमान शाक्यले सरकारको नेतृत्व गरेका एमाले, काङ्ग्रेसको गतिविधीका कारण माओवादीमा पछिल्लो समय जनविस्वास बढ्दोक्रममा रहेको बताए । उनले वर्तमान सरकार भ्रष्टचार र अनियमिततामा फस्दै गएको आरोप लगाए ।

संघियताको अभ्यास राम्रैसंग गरेको माआवादीले जिल्ला समितिलाई समन्वयत्मक भुमिकामा प्रस्तुत गरेको देखिन्छ । आफ्नो पार्टीको संरचनालाई सरकारको संरचना अनुसार नै ढालेको पाईएको छ । कुनै समय देशको राजनीतिक उथलपुतलमा अहम् भूमिका निर्वाह गरेको माओवादी आफ्नै कारण टुटफुट र विभाजन पछि साँघुरिदै गएको थियो ।
१० वर्षसम्म शसस्त्र जनयुद्धको माध्यमबाट राज्य परिवर्तनको आन्दोदनको आँधीबेहरी सिर्जना गरेको माओवादी २०६३ सालको बृहत शान्ति सम्झौता पछि शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको हो । २०६४ सालको संविधान सभाको निर्वाचनमा हाल दुइतिहाईको हाराहारी जनमत पाएर पहिलो दल बनेको माओवादी पछिल्लो निर्वाचनमा आईपुग्दा तेस्रो दलमा सिमित हुन पुग्यो । केहि समय अघिको उपनिर्वाचन र स्ववियु निर्वाचन र नेपाल पत्रकार महासंघको साधारण सभासम्म आईपुग्दा जनविस्वास बटुल्दै गएको देखिन्छ । विगतमा गुमाएको साख माओवादीले तराई मधेश जागरण पछि पुन ः उकालो लाग्दै गएको छ ।

विगतको २ वटा निर्वाचनमा एमाले र काङ्ग्रेस संग गठबन्धन गरेर चुनावी मैदानमा गएको स्मरण गर्दै आगामी निर्वाचनमा माओवादीले आफ्नो भएको साख बचाउँदै सिट संख्या बढाउने उद्घोष गरेको छ ।

सोमबार सिन्धुपाल्चोक जिल्लाको चौतारामा सम्पन्न पार्टीको जिल्ला भेलामा बोल्दै पार्टी केन्द्रिय सचिव एवं बागमती प्रदेशका इन्चार्ज हितमान शाक्यले माओवादीमा मुख्य नेतृत्वको विपल्प खोज्ने समय नभएको तर्क गरेका छन् । उनले पार्टी उपमहासचिव जनार्दन शर्माले केहि समय अघि दिएको अभिव्यक्ति समयअनुकुल र सान्दर्भिक नभएको जिकिर गरे । उनले पार्टी जिवनमा आएको संकट र पार्टीकै नेतृत्वमा भएको परिवर्तनको एजेण्डाहरु संस्थागत विकासमा जोड दिनु आजको आवश्यकता रहेको औल्याए । वर्तमान अवस्था सम्म आईपुग्दा जनयुद्धको समयमा उठान गरेको माग र मुद्धाहरुले उचित बाटो लिएको बताए । हाल संविधानमा उललेखित समावेशी र समानुपातिक व्यवस्थाहरु माओवादीकै एजेण्डा भएको दावी गरे । शाक्यले सिन्धुपाल्चोक जिल्लाको जनयुद्धदेखी हालसम्मको विरासत हेर्ने हो भने राष्ट्रनिर्माणको खातिर सिन्धुका नेता तथा कार्यकर्ताहरुको अहम् भुमिका रहेको छ भने ।

जिल्लाका सवै भुगोल, विभिन्न संगठन र सम्पर्क समितिका आमन्त्रीत सदस्यहरुको उपस्थितिमा जिल्ला भेला सम्पन्न गरेको पार्टी जिल्ला संयोजक गोविन्द पराजुलीले बताए ।

उनका अनुसार जिल्ला नेतृत्वका लागि झण्डै एक दर्जनको आकांक्षा रहेकोले वागमती प्रदेश स्तरको नेताहरुको सहभागितामा बृहत छलफल गरेर मात्र टुङ्गो लाग्ने जानकारी गराए ।
जिल्ला भेला कार्यक्रमको सञ्चालक जिल्ला नेता उदन आलेमगरका अनुसार भेलामा जिल्ला संयोजक पराजुलीले हालसम्मको राजनैतिक तथा सांगठानिक प्रतिबेदन प्रस्तुत गरेका थिए । त्यस्तै केन्द्र र प्रदेश समितिको बैठकको सर्कुलर प्रतिनिधी सभा क्षेत्र नम्बर २ का प्रमुख चिरञ्जीवी आचार्य चिरागले र जिल्ला समितिमा निर्वाचित हुनेहरुको नामावली प्रतिनिधी सभाा क्षेत्र नम्बर १ का प्रमुख चन्द्र सापकोटा रविले प्रस्तुत गरेका थिए ।
उनीहले प्रस्तुत गरेका प्रतिवेदन र समितिका सदस्य एवं विभागहरुमा भुगोल योगदान र क्षमताको कदर गर्दै न्यायोचित कार्यविभाजन गर्न सुझाव दिएका थिए ।

जिल्ला भेलामा माओवादीका केन्द्र, प्रदेश र जिल्ला तहका नेताहरुको सहभागिता भव्य रुपमा चौतारामा सम्पन्न गरिएको पराजुलीले बताए । जसमा पार्टी केन्द्रिय सदस्यहरु कृष्णप्रसाद सापकोटा, केशव नेपाल, माधव सापकोटा, युवराज दुलाल, अमृता नेपाल, चन्द्र बहादुर थापा, झम्क पराजुली, प्रेम प्रसाद सापकोटा, बलराम विश्वकर्मा, लालकान्छा तामाङ, वागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेल र पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरु सहभागि थिए ।