रैथानेस्वर महादेव मन्दिरमा तरुणदल र खेलकुद संघद्वारा सरसफाइ तथा स्वंसेवक सहयोग
सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी थाङपाल गाउँपालिका स्थित धार्मिक तथा सांस्कृतिक महत्व बोकेको रैथानेस्वर महादेव मन्दिर परिसरमा लाग्ने जनैपूर्णिमा जात्रालाई थप मर्यादित र सुव्यवस्थित बनाउन सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ सिन्धुपाल्चोक क्षेत्र नं. २ तथा नेपाल तरुण दल पाँचपोखरी थाङपाल गाउँपालिकाको संयुक्त आयोजनामा मन्दिर वरपरको क्षेत्रमा स्वयंसेवक परिचालन गरी सरसफाइ कार्य गरिएको आयोजक लोकतान्त्रिक खेलकुद महासंघ सिन्धुपाल्चोक -२ का अध्यक्ष प्रकाश बस्नेतले जानकारी दिए ।

कार्यक्रममा नेपाली काङ्ग्रेस पाँचपोखरी थाङपाल सभापति प्रेम दोङ, तरुण दल पाँचपोखरी थाङपाल -४ का अध्यक्ष अनिल तामाङ, प्रकाश सापकोटा लगायत नेता कार्यकर्ता कार्यक्रममा सहभागी थिए ।

यस पहलले जात्रामा आगन्तुकहरूलाई स्वच्छ वातावरणमा धार्मिक आस्था प्रकट गर्न सहज हुने अपेक्षा आयोजकहरूले व्यक्त गरेका छन्।

