प्रेमले जर्वजस्ती करणी गरेपछि एक नाबालिकाले जन्माईन शिशु
साउन २२, चौतारा ।
सिन्धुपाल्चोक जिल्ला, चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ४ चतुरे टोल निवासी ५० वर्षीय प्रेमबहादुर श्रेष्ठले एक नाबालिग किशोरीलाई जर्वजस्ती करण गरेको अभियोगमा पक्राउ परेका छन् ।
उनले विगत ९ महिनादेखि विभिन्न समयमा एक नाबालिक किशोरीलाई जर्वजस्ती करणी गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरी टोलीले अभियुक्त श्रेष्ठलाई पक्राउ गरि अनुसन्धान थालेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले दिएको जानकारी अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा पीडित नाबालिग किशोरी गर्भवती भई मंगलबार एक नवजात शिशुलाई जन्मसमेत दिएको पुष्टि भएको छ । यस घटनाको गाम्भिर्यतालाई मध्यनजर गर्दै जिल्ला अदालत सिन्धुपाल्चोकबाट जबरजस्ती करणी सम्बन्धी कसुरमा म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
कसरी भएको थियो घटना ?
चौतारा साँगाचोकगढी नगरपालिकाकी एक नाबालिकाको पेटमा समस्या आएपछि उनलाई मंगलबार अस्पताल लगिएकोे थियो । अस्पतालमा उनले एक बच्चालाई जन्म दिइन् । अनि खुल्यो उनीमाथि नौ महिनादेखि विभिन्न समय र स्थानमा लगातार बलात्कार भएको घटना । त्यही बलात्कारबाट गर्भ बस्यो अनि उनले समय पुगेपछि बच्चा जन्माइन् ।
नाबालिकाले आफु गर्भवती भएकोबारे यसअघि आफ्नो अभिभावकसंग समेत जानकारी गराइनन् । एकैपटक उनलाई पेट दुखेर गाह्रो भएपछि चौतारा अस्पताल पु¥याउँदा नाबालिग किशोरीले बच्चा जन्माइन् ।
सुत्केरी भएपछि चिकित्सकहरुले उमेरको शंका लागेर प्रहरीलाई खबर गरेका थिए । त्यसपछि मात्र प्रहरीले अनुसन्धान गरेर प्रेमबहादुरलाई पक्राउ गरेको हो ।
अनुसन्धानको क्रममा ५० वर्षीय प्रेमबहादुर श्रेष्ठले उनलाई नौ महिनादेखि लगातार बलात्कार गर्दै आइरहेको रहस्य खुलेको छ ।
पक्राउ परेका प्रेमबहादुरमाथि प्रहरीले जिल्ला अदालत सिन्धुपाल्चोकबाट म्याद लिएर अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवराज खरेलले जानकारी दिए ।

