वाग्मती सरकार पुनर्गठनः किरण थापालाई पुनः स्वास्थ्य मन्त्रालयको जिम्मेवारी

साउन २०, हेटौंडा । वाग्मती प्रदेश सरकारको हालै भएको मन्त्रीपरिषद् पुनर्गठनमा भक्तपुर क्षेत्र नं २ (ख) बाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य किरण थापाले पुनः स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यसअघि पनि स्वास्थ्य मन्त्रालय सम्हालिसकेका मन्त्री थापाले छोटो अवधिमै स्वास्थ्य पूर्वाधार, जनस्वास्थ्य सेवाको विस्तार, र सेवा प्रवाहमा सुधारजस्ता विषयमा उल्लेखनीय प्रगति गर्न सफल भएका थिए ।

स्वास्थ्य क्षेत्रमा प्रभावशाली पहलकदमी, गतिशील नेतृत्व, र स्पष्ट कार्यदिशाका कारण प्रदेश सरकार तथा आम नागरिकको विश्वास जितेका थापाले पुनः सोही जिम्मेवारीमा फर्किनुले आगामी दिनमा प्रदेशको स्वास्थ्य सेवा प्रणाली अझ प्रभावकारी, समावेशी र जनमुखी हुने अपेक्षा गरिएको छ ।

भर्खरै मात्र वाग्मति प्रदेशमा बहादुरसिंह लामाको नेतृत्वमा बनेको मन्त्रीमण्डल विघटन भई कांग्रेस नेता इन्द्र बानीयाको नेतृत्वमा नयाँ मन्त्रीमण्डल गठन गरिएको हो ।