पहिरोकाे कारण बन्द भएकाे कोदारी स्थित अरनिको राजमार्ग भर्खरै सुचारू

साउन ७ तातोपानी । गएराती अबिरल बर्षाका कारण अरनिको राजमार्ग अन्र्तगत कोदारीमा पहिरोले बन्द भएकाे सडक पूर्ण सञ्चालन आएको छ । आज विहान ५ बजेको समयमा भोटेकोशी गाउँपालिका वडा नम्बर २ कोदारी स्थित अरनिको राजमार्गमा पर्ने ईकु पहिरोमा अबिरल बर्षाका कारण सडक माथिबाट पहिरो आई बाटो पूर्ण रुपमा बन्द भएकाे थियाे । प्रहरी, स्थानीय सरकारकाे सक्रियताका कारण सडकमा थुप्रिएकाे अवराेध स्काभेटरद्वारा हटाई सडकमा सवारी साधन आवतजावत गराईएकाे जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएकाे छ ।

पटक–पटक ईकु पहिरोमा सडक भासिने कारण चीनसंग जोडिएको सिमा नाका तातोपानी नाका संग आयत तथा निर्यात हुने व्यापार प्रभावित हुने गरेकाे छ । २०७२ सालको विनासकारी भूकम्पका कारण जमिन धाजा फाँटेर कोदारी बस्ती नै बगेको थियो । हाल उक्त बस्ती नै विस्थापित हुन पुगको थियो ।

हाल सडक सुचारू गरिएपनि पहिरो झर्ने क्रम नरोकिएकोले सडक सुचारु गरेर पैदल तथा सवारी साधन आवातजात गराउन जुनसुकै बन्द हुने अवस्था आउने प्रहरीकाे भनाई छ ।

सडकलाई अवरुद्ध हुन नदिन सडक डिभिजन कार्यालय चरिकोट र स्थानीय सरकारले दृघकालिन याेजना र उपाय आवश्यक रहेकाे जानकारहरू बताउँछन् । उता रसुवागढी बाढीले क्षतविक्षत भएपछि याे नाकालाई बैकल्पिक नाकाकाे रूपमा प्रयाेग गरिएपनि ठाउँ ठाउँमा पहिराे र नदि कटानले सडककाे अवस्था निकै नाजुक रहेकाे सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेत बताउँछन् ।