केरुङमा रोकिएका २०५ जना नेपालीलाई तातोपानीमा ल्याईयो,बेलुका काठमाडौं पु¥याईदै

साउन ७ (२०८२), काठमाडौं । रसुवा नाकास्थित मितेरी पुलसमेत बगाएर अलपत्र परेका २०५ जना नेपालीलाई आज सिन्धुपाल्चोकको तातोपानी नाका ल्याईएको छ । भोटेकोशीको सहायक ल्हेन्दे खोलामा आएको बाढीले सो क्षेत्रमा ठूलो क्षति पु¥याएसंगै अलपत्र परेका नेपालीलाई आज दिउसो ३ बजे तातोपानी ल्याईपु¥याईएको सिन्धुपाल्चोक प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए । नेपाल सरकारको अनुरोधमा उनीहरुलाई तातोपानी नाकासम्म ल्याउने सहमति भएको थियो । सहमति अनुसार तिब्बतको न्यालामस्थित विदेश विभागका प्रतिनिधिले नेतृत्व गरेर उनीहरुलाई तातोपानी ल्याईएको प्रजिअ थापाले बताए । उनका अनुसार केरुङ नाका हुँदै तातोपानी ल्याईपु¥याईएका दुई बालबालिका सहित २०५ जना रहेका छन् । उनीहरु सबैलाई तातोपानीमै खाना खुवाएर काठमाडौं सम्म पु¥याउने व्यवस्था भएको आफुले जानकारी पाएको प्रजिअ थापाले बताए ।

उनीहरु रोजगारीका सिलसिलामा केरुङ नाका गएका थिए । गएकाहरुमध्ये चालक लगायतका नेपालीलाई बाढीपछि केरुङमा सुरक्षित राखिएको थियो । उनीहरुलाई चिनियाँ सुरक्षाकर्मीसहित २० वटा गाडीमा आजै बिहान केरुङबाट तातोपानी ल्याईएको हो ।
गत २४ को भोटेकोशीको बाढीका दिन राति रसुवाको मितेरी पुलस्थित तिब्बतर्फ रहेको ७२ जना कन्टेनर चालकलगायतका नेपालीलाई चीनले नै उद्धार गरेर केरुङ लगेको थियो ।

तिब्बतको न्यालम प्रशासनले ल्याएका नेपालीलाई नेपाल सरकारका प्रतिनिधिका रुपमा सिन्धुपाल्चोकका प्रजिअ थापासहितको स्थानीय प्रशासनको टोलीलाई जिम्मा लगाएको थियो । पूर्वमन्त्री मोहन बहादुर बस्नेत सहित नेपाल प्रहरी, सशस्त्रका प्रमुख, सिन्धुपाल्चोक उद्योग वाणिज्यसंग, हिमालय सिमापार, नेपाल ट्रककन्टेनर ढुवानी सेवा प्रा.ली लगाएत नेपालीहरुको टोली मध्यान्ह तातोपानीस्थि मितेरी पुल पुगेका थिए ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, नेपाल हिमाल सीमापार वाणिज्य संघ, नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रालिले आफ्ना कर्मचारी र मजदुर केरुङमा अड्कीएकोमा उद्धारका लागि सरकारलाई अनुरोध गर्दै आएको थियो ।
तातोपानी आउने नेपालीलाई काठमाडौं पु¥याउने र तत्काल खानाको व्यवस्था भोटेकोशी गाउँपालिकाले गर्ने गाउँपालिका अध्यक्ष पासाङनुर्पु शेर्पाले जानकारी दिए । उनीहरुलाई उद्दार गरेर तातोपानी नाका हुँदै नेपाल ल्याउन भोटकोशी गाउँपालिकाले समेत पहल गरेको उनले बताए ।

बाह्रबिसे नगरपालिकाले ग¥यो निशुल्क बसको व्यवस्था

तातोपानी आईपुगेका नेपालीलाई काठमाडौं सम्म पुग्न बाह्रबिसे नगरपालिकाले सार्वजनिक बसको व्यवस्था गरेको जनाएको छ ।
सबैलाई तातोपानीमै खाना खुवाएर काठमाडौं सम्म पु¥याउने व्यवस्था बाह्रबिसे नगरपालिकाले मिलाएको बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले जानकारी दिए । उनका अनुसार बाह्रबिसे नगरपालिकाले ४ वटा बस तथा अरनिको यातयात प्रा.लीले ३ वटा बस गरी ७ वटा बसमा काठमाडौं सम्म पु¥याउन लागिएको उनले बताए ।