सुकुटे बिच रिसोर्टको जग्गा अतिक्रमण बारे खुल्यो रहस्य, प्रमाण सहित वास्तविकता बुझेपछि सबै छक्क !
दिनेश दुलाल
साउन ५, चौतारा । सोलखुम्बु जिल्लामा जन्मिएर कर्मथलो सिन्धुपाल्चोकमा बनाएका ६५ बर्षीय महेन्द्रसिंह थापा पुराना अनुभवी पर्यटन व्यवसायी हुन । विदेशी पर्यटकसंगै हिमालको हिउँ र नदिका छालहरुहरुसंग लुकुमारी गरेको लामो अनुभव छ उनीसंग ।

पछिल्लो तिन दशक यता सिन्धुपाल्चोकमा आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउन उनको योगदान सह्रानीय छ । आफ्नो व्यक्तिगत जीवनयापनको लागि संघर्ष मात्रै होईन सिन्धुपाल्चोकका जुगल हिमश्रंखला, भटेकोशी हुँदै बग्ने सुनकोशी नदि, पाँचपोखरी र भैरवकुण्ड लगाएत प्रमुख पर्यटकीय गन्तव्यहरुकमा विदेशी पर्यटकहरुलाई ल्याएर सिन्धुपाल्चोकलाई वाह्य मुलकसम्म परिचित गराउन उनको भूमिका उच्च छ । राजधानी काठमाडौंको ठमेलमा मात्र केन्द्रित विदेशी पर्यटकलाई कसरी सिन्धुपाल्चोकका हिमश्रृंखला, हिमनदि तथा मुख्य पर्यटकीय स्थलहरुमा पु¥याएर आर्थिक आम्दानी गर्न सकिन्छ भन्ने कुरामा अर्का पर्यटन व्यवसायी मेघ आले र उनको प्रतिश्पर्धा नै चल्दथ्यो ।
यो कार्य कुनै अवैधानिक र गैह्रकानुनी कृयाकलाप थिएन । यो वापत व्यवसायी थापाले मनग्य आम्दानी मात्र गरेनन् जिल्लामा आन्तरिक तथा वाह्य पर्यटन भित्र्याएपछि राज्यलाई समेत राम्रै आम्दानी हुन्थ्यो । उनको यो अथक, साहासिक र निरन्तरता सहितको कर्म थियो । यहि कर्मद्वारा उनले राम्रै आम्दानी समेत गरे । हिमाल चड्न होस या अन्य पर्यटकीय गन्तव्यमा पुग्नको लागि पर्यटकहरुका लागि गाईडिङ र नदिहरुमा ¥याफ्टिङ मात्र गरेका थापाले सिन्धुपाल्चोकको सुकुटेमा पर्यटकलाई केन्द्रित बनाउने योजना बनाए ।
यहि सुकेटे रुट भएर सिन्धुपाल्चोकका प्रमुख पर्यटकीय गन्तव्यमा पुग्न तथा दोलखा हुँदै सोलुसम्म पुग्न सकिन्थ्यो ।

विदेशी पर्यटकहरुका लागि सुविधा सतिको रिसोर्ट मेघ आलेको अगुवाईमा वोर्डरल्याण्डमा खोलिएपनि सुकुटे आसपासमा थिएन । एकरात भएपनि सुकुटेमा विदेशी पर्यटकलाई बसाउनेगरी आवास सहितको सुकुटेमा रिसोर्ट बनाउने सोच महेन्द्रले बनाए ।
त्यसको लागि जग्गा लिजमा वा खरिद गर्नुपर्दथ्यो । भाडामा भन्दा आफ्नै नाममा जग्गा खरिद गरेर रिसोर्ट बनाउने सोचेर साबिक कदमबास गाविस स्थित बालुवा (हाल सुकुटे बिच रिसोर्ट) भन्ने ठाउँमा स्थानीयसंग जग्गा किन्ने निधो गरे ।

त्याहाँका स्थानीय विष्णुलाल श्रेष्ठका ४ भाई छोरा मध्ये माइला छोरा सत्यलालसंग २०५५ सालमा ७ रोपनी जग्गा किन्ने सहमति भयो । तर जिल्ला नापी कार्यालय सिन्धुपाल्चोकमा पुग्दा ७ रोपनी ११ आना मध्ये ४ रोपनी ५ आना अरनिको हाइवेको २५ मिटर मापदण्ड भित्रको रहेको पाईएपछि ४३० र ५०६ कित्ता मध्ये बाँकी रहेको रहेको ३ रोपनी ६ आनालाई ५ लाख ८० हजारमा महेन्द्रले आफ्नो नाममा पास गरे । सत्यलालले भोगचलन गरी आएको घरबारी रहेको तर सडकको मापदण्डले छोएपछि सडकले रोक्का गरेको थियो । सोही कित्ताको बाँकी ४ रोपनी ५ आनाको जग्गा तत्कालिन श्री ५ को सरकारद्वारा रोक्का फिर्ता भएपछि सत्यलालले व्यवसायी थापालाई पास गर्ने शर्तमा वकिल समेत राखेर कागज गरिएको थियो । थापाले सो जग्गा कागजकै भरमा थप एकलाख ५० हजार सत्यलाललाई बुझाए । तर थापाले आफुले किनेको जग्गा कुनै नाप नगरीकन भोगचलनको आधारमा विश्वासमा जग्गा लिएर रिसोर्ट सञ्चालन गरे ।

त्यतिबेला सम्म सुकुटे वरीपरि कुनै रिसोर्टहरु थिएन । पहिलो रिसोर्टको सुरुवात ट्रेकिङ एसोशियसन नेपाल (तान) का अध्यक्ष समेत भईसकेका महेन्द्रले सुरुवात गरेका थिए । जब उनको रिसोर्टमा विदेशी पर्यटकहरुको घुँइचो बढे पछि व्यवसाय फस्टाउँदै गयो । उनको प्रगति देखेर वरीपरिका उनलाई शत्रु ठान्नेहरुले डाहा र इस्र्या मात्रै गरेनन् ।

अख्तियारमा समेत सार्वजनिक जग्गा मिचेको आरोपमा मुद्दा हाले । उनले सर्वोच्च अदालत सम्म त्यसको सामाना गर्नुप¥यो । ‘सत्यता जे थियो कालान्तरमा त्यहि ठहरिन्छ’ भने झैं नभन्दै उक्त जग्गामा थापाले नै भोगचलन गर्न पाउने गरी सर्वोच्चबाट आदेश पाए । ७ राेपनी बाहेककाे जग्गाकाे भोगचलन गरे वापतको चौतारा साँगाचोकगढी नगरपालिकासंग सम्झौता गरेरै कर निरन्तर बुझाइरहेका छन् । तर पनि उनलाई दुःख दिनेक्रम रोकिएन । व्यक्तिको जग्गा हडेपोको उनी माथि अर्को मुद्दा थपियो । छिमेकी अर्का रिसोर्ट सञ्चालक महेन्द्र श्रेष्ठले थापा माथि आफ्नो बाजेको सम्पति हडेपोको आरोप लगाउँदै उनी विरुद्व मुद्दा हाले । केही अनलाइन मिडिया मार्फत सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष समेत रहेका थापाले सार्वजनिक र व्यक्तिगत जग्गा हडेपेकाे भनेर सामाजिक सञ्जालमा छ्यापछ्याप्ती आयाे । रिबर वे का सञ्चालक समेत रहेका श्रेष्ठ विष्णुलालका नाति र फत्तेलालका छोरा हुन । तर व्यवसायी थापाले फत्तेलालसंग नभई सत्तेलालसंग उक्त जग्गा लिएका थिए । सत्तेलाल महेन्द्र श्रेष्ठका साँहिला काका मात्रै हुन । तिन पुस्ते भन्दा फरक व्यक्तिको नामबाट बेचिएको जग्गा आफ्नो बाजेको हबला दिएर व्यवसायी थापा माथि उजुरी हाल्नु श्रेष्ठको रवया सरासर गलत भएको जानकारहरु बताउँछन् । सबुत प्रमाण सहित व्यवसायी थापाले रिसोर्ट सञ्चालन गरेर उक्त जग्गाको भोगचलन गरिरहेको वास्तविकता खुलेपछि जिल्ला प्रशास कार्यालय सिन्धुपाल्चोकले समेत व्यवसायी थापालाई साथ दिएको हो । यदि सडकको २५ मिटर मापदण्ड कायम गर्ने हो भने बन्देउ देखि तातोपानीसम्म अरनिको हाईवेमा जोडिर निर्माण गरिएका घरहरु कुनैपनि रहँदैनन् । सो नियम लागु भएर बन्देउ देखि सडक मापण्ड अनुसार संरचना भत्काउन सुरुवात गरे उनी छोड्न तयार छन् ।

स्थानीय तह भएयता व्यवसायी थापाले नियम अनुसार नगरपालिकालाई नियमित कर बुझाएपछि उनलाई नगरले उत्तिकै साथ दिएको छ । थापा सम्भव त आफ्नो व्यवसाय सञ्चालन गरेवापत जिल्लाभरिबाटै सबैभन्दा बढी सरकारलाई राजश्व बुझाउने व्यवसायीका रुपमा चिनिएका छन् । नेपालको जुनसुकै ठाउँको व्यक्ति किन नहोस आफ्नो मुलुकभित्र स्वच्छ छवी र ईमान्दारीपूर्वक व्यवसाय गरेर खानपाउन नेपालको कानुनमा वैयक्तिक स्वतन्त्रा हक रहेको उल्लेख छ । सोही अनुसार थापाले आफ्नो व्यवसाय सञ्चालन गरेर व्यवसायबाट मनग्य आम्दानी मात्रै लिएका छैनन् । नजिक रहेका पहरी र मगर समुदाय अधिकांशलाई सोही रिसोर्टमा रोजगारी समेत दिलाएका छन् । शिक्षा, स्वास्थ्य, स्थानीय क्लब लगाएतमा उनले सामाजिक उत्तरदायित्व अन्र्तगत योगदान दिएका छन् । समुदायलाई आपतविपत पर्दा समेत व्यवसायी थापा ‘गर्ड’ मानिन्छन् ।


सिन्धुपाल्चोक विशेषगरी सुकुटे क्षेत्रको पर्यटन प्रर्वद्वनमा ठूलो योगदान पु¥याएर ‘सुकुटे’लाई सिन्धुपाल्चोककै एउटा ब्राण्डका रुपमा स्थापित गराउन सफल व्यवसायी थापालाई बेलाबखतमा केही व्यक्तिबाट बाधा अड्चन आउने गरेको छ । तर पनि सुकुटे करिडोरमा रहेका सबै होटल तथा रिसोर्ट व्यवसायीहरुले उनलाई साथ दिएका छन् । सिन्धु सुकुटे पर्यटन व्यवसायीका अध्यक्ष समेत रहेका थापालाई अनावश्यक दुःख दिने तथा भ्रामक समाचार सम्प्रेषण हुन थालेपछि व्यवसायीहरुले संगठित रुपमै प्रतिवाद गर्न थालेका छन् ।
संस्थाको तर्फबाट आईतबार सदरमुकाम चौतारामा जिल्लामा क्रियासिल सञ्चारकर्मीहरु माझ पत्रकार सम्मेलन आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा संघ गठन भएयता उसले हाँसिल गरेका उपलब्धीहरु, आगमी योजना तथा चुनौतिका सन्र्भमा संघका सचिव कृष्ण सापकोटाले सञ्चारकर्मी लगाएत सह प्रेस वक्तव्य वाचन गरेर प्रेस सम्मेलन राखिएको हो ।
पत्रकार सम्मेलनमा व्यवसायी थापा विरुद्व भएका अर्नगल प्रचारका सन्दर्भमा पत्रकारहरुले आफ्नो धारणा राखेका थिए । पत्रकार महासंघ सिन्धुपाल्चोक जिल्ला शाखाका अध्यक्ष ध्रुब दंगालले इमान्दारीपूर्वक आफ्नो व्यवसाय गर्ने व्यवसायी विरुद्व भएको भ्रामक र गलत अफवालाई महासंघले गम्भिरतापूर्वक लिएको बताए । महासंघले सिन्धु सुुकुटे पर्यटन व्यवासीहरुलाई साथमा लिएर अघि बढ्ने उनले प्रतिवद्वता जनाए ।
सिन्धुपाल्चोक उद्योगवाणिज्य संघका अध्यक्ष बुद्वराज बस्नेतले पर्यटन व्यवसायीहरु माथि भएको निरन्तर आक्रमण र भ्रामक अफवालाई चिर्न पत्रकार सम्मेलनको आयोजना गर्न सुझाएको बताए । होटल तथा रिसोर्ट व्यवसायीहरु समेत वाणिज्य संघको सदस्य तथा उद्योगी भएको हुनाले उद्योगवाणिज्य संघले सिन्धु सुकुटे पर्यटन व्यवसायीलाई पूर्ण साथ दिने बताए ।
पत्रकार सम्मेलनमा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रतिनिधि चिरन कट्टेलले रिसोर्ट व्यवसायीहरुसंग नगरपालिकाले स्थानीय ऐनले दिएको अधिकारलाई प्रयोग गरेर कर लिएको बताए । नगरपालिकाको अन्य आर्थिक स्रोतमध्य सुकुटेका होटल तथा रिसोर्ट व्यवसायीहरुबाट सबैभन्दा बढी कर उठेको भन्दै उक्त उठेको मध्ये ४५ प्रतिशत सुकुटेकै पर्यटन प्रर्वद्वनमा खर्च गरिन लागिएको बताए ।
सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिंदै अध्यक्ष थापाले आफुले नियम कानुनको अधिनमा रहेर व्यवसाय गर्दा पनि केही व्यक्तहरु आफुविरुद्व लागेको प्रति आश्चार्य लागेको बताए । ‘मैले अहिले सम्म मेरो व्यक्तिगत समस्याको बारेमा कतै उल्लेख गरेको थिईन, आज राख्नुप¥यो’, व्यवसायी थापाले गम्भिर हुँदै भने । अघिपछि भन्दा केही भावुक मोडमा देखिएका थापाले भने, ‘उतीबेला विदेशी पर्यटकहरुलाई कसरी आफुले हिमालसम्म पु¥याएर इमान्दारीपर्वक सो बापत डलर कमाउने भन्ने कुरामा हामी व्यवसायीहरुबिच प्रतिश्पर्धा चल्थ्यो, तर आज अर्काको ईष्र्या र डाह गर्ने कुरामा प्रतिश्पर्धा गर्ने होड चल्दोरहेछ ।’ उनको अघिपछिको भन्दा फरक खालको प्रस्तुतीले सहभागिमा समेत भावुकता छायो ।
व्यवसायमा लागेर आफुले व्यक्तिगत फाईदा मात्रै नलिएको भई समग्र समुदायको सुखदुखमा साथ दिएको उनले फेहरिस्त सुनाए । आफुले सुकुटेलाई पर्यटकीय हब बनाउनको लागि टावर मार्फत निर्मित बन्जीको योजना ल्याएको समेत उनले सुनाए ।
संघका उपाध्यक्ष अञ्जान खड्काले सुकुटे करिडोर अन्र्तगत रहेका रिसोर्टहरु समस्या तथा संघबाट गरिएका कार्यक्रमहरुको बारेमा आफ्ना धारणा राखेका थिए । पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी किरण थापा, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख रामेश्वर कार्की लगाएत सुरक्षा प्रमुखहरु समेत सहभागी रहेका थिए ।

