पहिराे पीडितलाई लिसंखुपाखर गाउँपालिकाद्वारा बन्दाेबस्तीका सामाग्री वितरण


असार २३, अत्तरपुर । जिल्लाकाे लिसंखुपाखर गाउँपालिकाले पहिराे पीडितहरूलाई बन्दाेबस्तीका सामाग्री वितरण गरेकाे जनाएकाे छ ।

केही दिन अघि परेकाे भारी बर्षातका कारण पालिकाका विभिन्न बस्तीहरूमा पहिराे गई जनताका निजि अावास समेत जाेखिममा रहेपछि पहिराे पीडितलाई सुरक्षित ठाउँमा बस्न टेन्ट, त्रिपाल, लत्ताकपडा, भाडाँकुडाँ लगाएत सामाग्री वितरण गरिएकाे गाउँपालिका अध्यक्ष राजु लामाले जानकारी दिए ।

उनका अनुसार गाउँपालिकाकाे डॅाडापाखर दलितबस्ति भएकाे पहिरो, टिम्बुरे मन्दुम्राङ पहिरो, पेड्कु-लामीडॅाडा पहरी बस्ति पहिरो, मुडे चौकी पहिरो, ब्यार्सा सडक पहिरो र लकुई सडक पहिरो निरिक्षण गरी पहिराे विपदमा परेका त्याहाँका नागरिकलाई टेन्ट, त्रिपाल लगाएत सामाग्री वितरण गरिएकाे हाे ।

लिसंखुपाखर गाउँपालिक भित्रका विभिन्न ठॅाउहरुमा पहिरो गईरहेको र अझै पनि पहिरोको जोखिम उच्च रहेकोले सबैजना सजक रहनको लागि गाउँपालिका अध्यक्ष लामाले सामाजिक सञ्जाल फेसबुक मार्फत अनुराेध समेत गरेका छन् । पहिराेबाट जनताकाे जनधनकाे क्षति नहुनबाट दिर्घकालिन समाधानको लागि विभिन्न सराेकारवालाहरूसंग बसेर छलफल भईरहेकाे पालिका अध्यक्ष लामाले जानकारी दिए ।