हेलम्बु गाउँपालिकाका ५ वटा विद्यालयमा शत प्रतिशत विद्यार्थी उतिर्ण

असार १५ (२०८२), किउल । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका बाट(एसईई)मा सहभागी १३ विद्यालय मध्य ५ वटा विद्यालयले शत प्रतिशत नतिजा निकालेको छ ।

गाउँपालिकाको वडा नम्बर १ स्थित मेलम्चीघ्याङ माध्यमिक विद्यालय, गोल्मादेवी माध्यमिक विद्यालय, वडा नम्बर २ स्थित भूमेश्वरी माध्यमिक विद्यालय, नुर्वुलिङ मानेचौर माध्यमिक विद्यालय र वडा नम्बर ४ स्थित इष्ट पोइन्ट एकेडेमीले शत प्रतिशत नतिजा निकालेको गाउँपालिका शिक्षा शाखा प्रमुख धनध्वज लामाले जानकारी दिए ।

उनका अनुसार गाउँपालिकाको सामुदायिक र संस्थागत तर्फ औषत उतिर्ण ७४ प्रतिशत रहेको छ भने सामुदायिक मात्र हेर्दा ७२ प्रतिशत देखिन्छ । पाल्चोक माध्यमिक द्यिालयको ६० % जय वागेश्वरी माध्यमिक विद्यालयको २५ % सरस्वती माध्यमिक विद्यालयको ४३ % सर्वोदय माध्यमिक विद्यालयको ७३ % बोधिसत्व मोडेल स्कुलको ५२ % विद्यार्थी उतिर्ण भएका छन् । पहिलो पटक प्राबिधिक धारतर्फ सहभागी भएका विद्यार्थीहरु २२ जना मध्य १४ जना पास भएका छन् । १ जनाको ए प्लस आएको छ । त्यस्तै इचोक माध्यमिक विद्यालयको ५६ % महेन्द्र माध्यमिक विद्यालयको ८६ % र याङि«मा माध्यमिक विद्यालयको ७८ प्रतिशत विद्यार्थी उतिर्ण भएको गाउँपालिकाले जनाएको छ । शिक्षा र स्वास्थ्यमा पर्याप्त लगानी गर्दै आएको गाउँपालिकाले आगामी दिनमा उत्कृष्ट विद्यालयलाई प्रोत्साहन र कमजोर विद्यालयलाई सुधार गर्दै लैजाने गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । एसईईमा सहभागिहरुलाई बधाई तथा शुभकामना ब्यक्त गर्दै आगामी दिनमा समेत मिहेनत गर्न आग्रह गरे ।