भोटेकोशी-१ जलविद्युत आयोजना द्वारा डाकलाङमा वृक्षारोपण

magazine

असार १५ (२०८२), हिन्दी । भाेटेकाेशी गाउँपालिकामा निर्माणधिन इलेक्ट्रो पावर कम्पनी लिमिटेड भोटेकोशी-१ जलविद्युत आयोजनाद्वारा डाकलाङमा वृक्षारेपण गरिएकाे छ ।

आज अर्थात असार १५ गते गौरीश‌‌कर स‌‍रक्षण क्षेत्र व्यवस्थापन समिति र भोटेकोशी-४ फुल्पिङकट्टी सँगको समन्वयमा भोटेकोशी-१ जलविद्युत आयोजनाले वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएकाे आयाेजनाका जनसम्पर्क अधिकृत निर्मल राउतले सिन्धुज्वालालाई जानकारी दिए ।

उनका अनुसार भोटेकोशी गा‍.पा-४ डाक्लाङ र चाकुमा ११०० वटा बाँसका विरुवा रोपिएकाे हाे । पहिराेकाे जाेखिम ज्यादै रहेकाे डाकलाङलाई वायाे प्रविधिद्वारा बाँस राेपेर राेकथाम गर्ने उद्देश्यले याे कार्यक्रमकाे आयाेजना गरिएकाे जनसम्पर्क अधिकृत राउतले बताए ।

उक्त कार्यक्रममा आयोजनाका प्नतिनिधि, गौरीशङ्कर सरक्षण क्षेत्र ईलाका सरक्षण कार्यालय चाकुका प्रतिनिध,गौरीशङ्कर सरक्षण क्षेत्र व्यवस्थापन समितिका प्रतिनिधि स्थानीयहरु नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतका सहभागिता रहेकाेे थियाे ।

स्मरण रहाेस निर्माणधिन ईलाेक्ट्राेपावरले गत साल देखि बाँस राेपण कार्यक्रमलाई निरन्तरता दिंदै अाएकाे छ ।