पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा ५७ करोड ५९ लाखको बजेट प्रस्तुत


असार १० (२०८२), थाङपालधाप । पाँचपोखरी थाङपाल गाउँपालिकाले आर्थिक बर्ष २०८२÷८३ को लागि ५७ करोड ५९ लाखको बजेट ल्याएको छ ।

गाउँसभाको १७ औं अधिवेशनबाट आर्थिक बर्ष २०८२÷८३ को निति तथा कार्यक्रम पारित गर्दै मंगलबार गाउँपालिकाले ५७ करोड ५९ लाखको विनियोजित बजेट सर्वसहमतिले पारित गरेको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिए । उनका अनुसार गाउँसभाबाट पारित निति तथा कार्यक्रम अनुसार पर्यटन क्षेत्रलाई गाउँपालिकाले बिषेश जोड दिएको हो ।

पाँचपोखरी घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको व्यवस्थित रुपमा तथ्यांक राख्न, सुचना प्रदान गर्न र पर्यटन शुल्क उठाउन सहजताको लागी भोताङको डुप्खाङमा पाँचपोखरी चेक पोइन्ट निमार्ण गर्ने, पाँचपोखरी पर्यटन प्रर्वद्धन सबैको सार्थक जीवन, पाहुँना हाम्रो साथी, मेरो गाउँ म चिनाउँछु,म भित्र्याउछु हाम्रो गाउँमा पर्यटक लगायतका कार्यक्रमहरुलाई प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ ।

त्यस्तै कृषि तर्फ कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्वमा वृद्धि गर्न जोड दिइएको छ । त्यसका लागी कृषि क्षेत्रको आधुनिकिकरण र व्यवशायीकरण तथा भण्डारण र बजारीकरणको प्रवन्ध मिलाइने उल्लेख छ ।

सिकाइ उपलब्धी वृद्धि गर्ने विद्यालय तथा शिक्षकलाई सम्मान तथा पुरस्कृत गरिने पनि निति तथा कार्यक्रममा उल्लेख छ । गाउँपालिकाको तर्फबाट महिला स्वास्थ्य स्वयंसेविकाहरुको लागी दिइदै आएको यातायात खर्च वृद्धिगरी १ हजार पाँच सय पु¥याईने उल्लेख छ । साथै रोजगारी वृद्धिलाई पनि निति तथा कार्यक्रमले सम्बोधन गरेको छ ।