तिब्बतमा माथिल्लो क्षेत्रमा भारी बर्षा हुने, सिन्धुपाल्चोक आसपासमा शर्तक रहन आग्रह
४ जेठ (२०८२), चौतारा । यही असार ३ देखि ७ गतेसम्म तिब्बत क्षेत्रमा अत्यधिक पानी पर्ने र भोटेकोशी तथा सुनकोशी नदि आसपासका क्षेत्रमा जोखिम हुने भनी तिब्बत प्रहरीले दिएको सूचनाका बारेमा जल तथा मौसम विज्ञान विभागले ध्यानाकर्षण भएको जनाएको छ ।

तिब्बत प्रहरीको हवाला दिँदै सिन्धुपाल्चोक र सिन्धुली जिल्ला प्रशासन कार्यालयले नदी किनारबासीलाई सचेत रहन भन्दै सूचना निकालेका छन् ।
विभागका वरिष्ठ मौसमविद् वीभुती पोखरेलले भू–उपग्रह तथा मौसम प्रारूपहरूबाट प्राप्त तथ्याङ्क तथा सूचनाको हालको विश्लेषणका आधारमा सिन्धुपाल्चोक र सोको माथिल्लो जलाधार क्षेत्रमा हाल मनसुनको प्रभाव भए पनि कमजोर अवस्थामा रहेको उल्लेख गर्नुभयो ।
यसबीचमा हल्कादेखि मध्यम खालको वर्षा हुन सक्ने सम्भावना रहेको उनको भनाइ छ ।

यध्यपि मनसुनको प्रभाव रहिरहेको हालको अवस्थामा मौसम तथा बाढीलाई यस विभागले निरन्तर अनुगमन गरिरहेको छ र सोही अनुसार नियमित रूपमा मौसम तथा बाढीको सूचना अद्यावधिक गर्दै जाने पनि विभागले भनेको छ ।

यसैबीच जिल्ला प्रशाुन कार्यालय सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका, चौतारा साँगाचोकगढी नगरपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, बलेफी गाउँपालिका र सुनकोशी गाउँपालिकाद्वारा सूचना जारी गरेर नदि आसपासमा बसोबास गरेका आफ्ना नागरिकहरुलाई सचेत गराएको छ ।

