
विपदको सामाना गर्दै यसरी कमाण्ड गरिन प्रहरी निरिक्षक संजिताले

दिनेश दुलाल
वैशाख २३ (२०८२), तातोपानी । सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका छिमेकी मुलक चीनसंग जोडिएको ऐतिहासिक र सामरीक महत्व बोकेको नाका भएपनि भौगोलिक हिसाबले अत्यान्तै जोखिम र दुर्गम जस्तै ठाउँ हो । भूकम्प अगाडि यो ठाउँ व्यापारिक र पर्यटकको लागि रोजाईको क्षेत्र भएपनि २०७२ सालको विनाशकारी भूकम्पपछि जमिन चिरा–चिरा परेको कारण यो क्षेत्र बिगत १० बर्षदेखि बाढीपहिरो र अन्य विपदका घटनाले यो क्षेत्र पुरै प्रभावित बन्न पुगेको छ ।
चीनको स्वाशासित क्षेत्र तिब्बतसंग जोडिएको तातोपानी नाका भूकम्प अघि पारी खासा र वारी लिपिङ बजार निकै सुन्दरता र भव्य थियो । भूकम्प र बाढीपहिरोका कारण लिपिङ बजार भग्नावेश मात्रै बाँकी छ । भूकम्प अघि सिमा सुरक्षा र अपराध नियन्त्रणका लागि राखिएको ईलाका प्रहरी कार्यालय लार्चामा थियो । भूकम्प र भोटेकोशी बाढीले मितेरी पुल तथा लार्चा पुल मात्रै बगाएन पुलमै जोडिएको ईलाका प्रहरी कार्यालय समेत बगायो । त्यसपछि भोटेकोशी गाउँपालिका–२ स्थित अग्लो ठाउँमा रहेको कोदारी सुरक्षित भूगोल रहेको भन्दै त्याहाँ ईलाका प्रहरी कार्यालय निर्माण गरियो ।
तर भूकम्पले यो क्षेत्र समेत चिरा–चिरा परेको कारण कोदारी समेत सुरक्षित रहेन । प्रहरी कार्यालय सुरक्षित रहेपनि नजिकै रहेको मानव बस्ती नै पहिरोले तान्यो । त्याहाँ पुग्ने सडक समेत भासिएपछि मुख्य सडक छोडेर क्याम्प पुग्न प्रहरीहरु करिब १५ मिनेट उकालो हिडँेरै पुग्ने गर्दथे । प्रहरी मात्रै होईन प्रहरी कार्यालयसंगै जोडिएको कोदारी माध्यामिक विद्यालयका बालबालिका, शिक्षक र स्थानीय सर्वसाधारण हिँदेरै पुग्थे । अपरझर्ट बिरामी पर्दा एम्बसुलेन्स जाने समेत सडक थिएन । सीमा नाका लगाएत सो क्षेत्रको शान्ती सुरक्षा, चोरीपैठारी नियन्त्रण गर्न तथा जाँचका लागि खटिएका दर्जनौ नेपाल प्रहरीहरु जस्तोसुकै विपदमा पनि पहिरो माथिको प्रहरी कार्यालयमा रात कटाउँथे । ईलाका प्रहरी कार्यालय कोदारीमा प्रहरी निरिक्षकको कमाण्डमा प्रहरी राखिएको थियो । त्यहाँ अहिले सम्म पुरुष नै प्रहरी निरिक्षकको रुपमा कार्यरत थिए । महिलालाई जिम्मेवारी दिएकाे थिएन ।
img src=”https://www.sindhujwala.com/wp-content/uploads/2025/05/WhatsApp-Image-2025-05-03-at-17.45.58_a1022ba4-225×300.jpg” alt=”” width=”225″ height=”300″ class=”alignright size-medium wp-image-12178″ />
तर गत साल प्रहरी निरिक्षक संजिता श्रेष्ठले ईलाका प्रहरी कार्यालय कोदारीमा प्रहरी प्रमुखको जिम्मेवारी पाईन । सम्भवत जाेखिम र दुर्गम ठाउँमा रहेकाे प्रहरी कार्यालयकाे जिम्मेवारी पाउने संजिता पहिलाे महिला अधिकृत भईन प्रहरी निरिक्षकमा
।
२०७६ सालमा कलिलै उमेरमा प्रहरी निरिक्षक पदमा नाम निकाल्न सफल भएकी संजिता लागु औषध व्युरो कोटेश्वरमा रहेर काम गरिररहेकी थिईन । उनी सरह अन्य प्रहरी निरिक्षकहरुको जिल्ला–जिल्लामा सरुवा भएसंगै उनी सिन्धुपाल्चोक खटिन । त्यसमाथि अत्यान्त भौगोलिक विकटता रहेको भोटेकोशीको तातोपानी नाकामा । पहिला–पहिला यो नाका चल्दा प्रहरीहरु गृहमन्त्रालय सम्म पावर समेत लगाउँथे । तर भूकम्पपछि यो क्षेत्र जोखिम क्षेत्र बनेपछि हतपत प्रहरीहरू आफू खुसी त्यति जान ईच्छुक हुँदैनथे । तर त्याँहाकाे कमाण्ड समाल्न संजिताले सहजै स्विकार गरिन र आफूलाई खटाईएकाे क्षेत्रमा खटिन ।
संजिता ईलाका प्रहरी कार्यालयकाे जिम्मेवारी लिएर पुगेसंगै त्याहाँका स्थानीय सबै दङ्ग पर्दथे । सायद महिला प्रहरी कमाण्डरले कमाण्ड सम्मालेर त्याँहाकाे शान्ति सुरक्षा र विपदका जाेखिमहरूलाई सामना गर्छन् भन्ने कुरा विश्वास नलागेर हाेला । तर ठूलाे जिम्मेवारी र गहन भूमिकामा त्यस ईलाका प्रहरी कार्यालयमा महिला प्रहरी निरिक्षकमा कार्यरत थिईन संजिता श्रेष्ठ । त्यहाँ प्रहरी निरिक्षक श्रेष्ठको नेतृत्वमा झण्डै दुईदर्जन विभिन्न दर्जाका प्रहरी सहित ईलाका प्रहरी कार्यालय तैनाथ भएकाे थियाे । सुरू सुरूका दिनमा त संजितालाई कतिदिन दिन निन्द्रै लागेन । एकतातिर पहिराेकाे जाेखिम थियाे त्याे क्षेत्र भने अर्काे आफ्नाे जिम्मेवारी कसरी पूरा गर्ने भन्ने थियाे । वर्षा लाग्याे कि एकातिर बाढीले सडक समेत बगाएर आवतजावतमा अवरुद्ध हुने अर्काेतिर प्रहरी कार्यालय नै पहिराे लाग्ने जाेखिममा थियाे । उनी प्रति घरपरिवारकाे मायाले झनै सताउँथ्याे । स्थानीयसंग समेत उनी अनभिज्ञ थिईन । तर हिम्मत हारिनन संजिताले । भाैगाेलिक परिस्थितिका अनगिन्ती कठिनायीहरूलाई पचाउने हिम्मत गरिन । विवदका अनेक घटना काे सामाना गर्न र शान्तिसुरक्षा दिन रात तयार हुने हिम्मत गरिन । उनकाे याेजनालाई अन्य दर्जाका प्रहरी र सिपाईहरूले समेत भग्पुर साथ दिए । महिला प्रहरी कमाण्डर भनेर हेय्ने पुरूष समाजमा त्याँहा भने त्यस्ताे फरक अनुभूति र व्यवहार झेलिनन संजिताले त्यसैले त उनले हरेक काम कारवाहीमा सफलता हात पारिन ।
उत्तरी छिमेकी मुलुक चीनसंग जोडिएको सिमा नाका, भौगोलिक रुपमा अत्यान्त कठिनायी र पहिरोको संधैं जोखिम भू–भाग रहेको कोदारीमा रहेर सिमा नाकाको कमाण्ड गर्न महिला पनि कम छैनन् भन्ने उदाहरण प्रस्तुत गरेर आफ्नो परिचय दिईन संजिताले । हिउँदमा डँढेलोको प्रकोप होस या बर्षामा बाढीपहिरोको प्रकोपमा होस उनको कमाण्डमा सो क्षेत्रमा अदम्य साहस बटुलेर राहत र उद्वारमा खटिएका थुप्रै उदाहरण छन् । त्यति मात्रै होईन यतिबेला उनीहरू सीमा नाकामा हुने चोरीपैठारी र शान्ति सुरक्षा कायम गराउन अहोरात्र खटिरहेका भेटिन्छन् । ‘महिलाले अधिकारमात्रै खोजेर भएन, काम गरेर पनि देखाउन सक्नुपर्छ,’ ईलाका प्रहरी कार्यालय कोदारीकी प्रहरी प्रमुख प्रहरी निरीक्षक श्रेष्ठले भनिन, ’अहिले मैले जुन जिम्मेवारी पाएका छु, त्यसलाई अवसरका रूपमा लिएर काम देखाउन लागिपरेको छु ।’
उनले आफू त्याहाँको कमाण्डर भएर जिम्मेवारी सम्मालेसंगै विभिन्न अपराधमा संलग्न दर्जनभन्दा बढीलाई कारवाही मात्रै गरिनन अवैध रुपमा आयात र पैठारी भएका थुप्रै सामानहरु बरमाद गरिन राजश्वमा बुझाईन ।
उक्त ईलाका प्रहरी कार्यालय कोदारीले तातोपानी नाका मितेरी पुल देखि भोटेकोशी गाउँपालिका भरीको सुरक्षाको हेर्ने जिम्मेवारी पाएका छ । ईलाका प्रहरी कार्यालयलाई स्थानीय सरकार र विभिन्न संस्थाहरुले समेत खुलेर सहयोग गरेका थिए । छोटो अवधिमै प्रहरी निरिक्षक श्रेष्ठको नेतृत्वमा ईलाका प्रहरी कार्यालय कोदारीले ले आपराधिक क्रियाकलाप न्यूनीकरण देखि स्थानीयको शान्ती सुरक्षा तथा प्राकृतिक प्रकोपका घटनामा अहम भूमिका खेलेको भोटेकोशी गाउँपालिका–३ का वडाअध्यक्ष निमासोना शेर्पा बताउँछन् ।
कम बोल्ने, सबैलाई समान व्यवहार गर्ने, संधै मुस्कुराएर बोल्ने प्रहरी निरिक्षक संजिताको विशेषता हुन् । उमेरले भर्खरै ३०÷३२ बर्ष पुगेकी संजिताको कलिलै उमेरमा प्रहरी निरिक्षक जस्तो पदमा पुगेकी संजिता एक बर्ष त्याहाँकाे जिम्मेवारी सम्माले संगै मूल्यांकनमा अब्बल भईन र अाईतबार प्रहरी हेडक्वाटरमा अर्काे जिम्मेवारी पाउन सफल भईन ।
विदाईका क्रममा स्थानीय सर्वसाधारण देखि त्याँहाका जनप्रतिनिधिले दिएका सम्मानका गुच्छा नै संजिताका अागमी मार्गनिर्देशन हुन् र उनले अार्जन गरेकाे सम्पति नै उनकाे छवि हाे । जाे हिम्मत र निडरका साथ एउटी सशक्त नारीकाे परिचय दिन सफल भएकी छिन ।