कक्षा १२ काे परीक्षा सुरु , सिन्धुपाल्चोकबाट २ हजार ४ सय ३६ जना परिक्षार्थी

२१ बैशाख , चाैतारा । राष्ट्रिय परीक्षा बाेर्डले सञ्चालन गर्ने कक्षा १२ काे परीक्षा सुरु भएकाे छ । बाेर्डले लिएको परिक्षामा सिन्धुपाल्चोक जिल्लाबाट २ हजार ४ सय ३६ जना परिक्षार्थी रहेका छन् ।
नियमित तर्फ २ हजार १ सय १८ र आंशिक तर्फ २ हजार ४ सय १८ गरि जम्मा २ हजार ४ सय ३६ जना बिद्यार्थीहरुले परीक्षा दिने शिक्षा बिकास तथा समन्वय इकाईका सिन्धुपाल्चोकका प्रमुख बैकुण्ठ सुवेदीले बताए ।
जसमा सिन्धुपाल्चोकका ११ वटा परीक्षा केन्द्र मध्ये ज्ञानमन्दिर नमुना माध्यमिक बिद्यालय मेलचाैरमा १ सय ४४ जना परिक्षार्थी सहभागी रहेकाे केन्द्राध्यक्ष पुण्यप्रसाद गजुरेलले जानकारी दिए ।

स्मरण रहाेस् बाेर्डले बैशाख ११ गतेबाट सञ्चालन गर्ने अघिल्लो निर्णय शिक्षक आन्दोलनकाे कारण राेकिएकाे थियाे । सरकार र शिक्षक महासंघ बिच ९ बुधे सहमति भएपछि २१ गतेबाट गर्ने निर्णय भएको हाे ।