बर्षा अगवै ५ फिट सडक भाँसिदा तातोपानी नाका प्रभावित

१८ बैशाख (२०८२), तातोपानी । बर्षा लाग्नु अगवै अरनिको राजमार्ग अन्र्तगत कोदारी खण्डमा ५ फिट सडक भासिएपछि तातोपानी नाका प्रभावित बनेको छ ।

छिमेकी मुलक चीनको स्वासाशित क्षेत्र तिब्बतसंग जोडिएको उत्तरी तातोपानी नाका सडक भासिएका कारण प्रभावित बनेको सिमा क्षेत्र ईलाका प्रहरी कार्यालय कोदारीले जनाएको छ ।

प्रहरीका अनुसार बिहिबार बिहान ५ः४० बजेको समयमा भोटेकोशी गाउँपालिका–२ कोप्लाङ स्थित अरनिको राजमार्गमा पानि परेको कारण अन्दाजी १५ फिट चौडा रहेको सडक ३ फिट तल भासिएको हो । तर दशबजे सम्म ५ फिट सडक भासिएको प्रहरी सहायक निरिक्षक नेत्रबहादुर काफ्लेले जानकारी दिए । उनका अनुसार स्काभेटर र टिपर प्रयोग गरेर सडक खुलाउने काम भईरहेको छ ।

सडक खुलाउन प्रहरी चेक पोष्ट दसकिलोबाट प्रसनि काफ्लेको कमाण्डमा टोली खटिएर स्थानीय तहसँग समन्वय भैरहेको प्रहरीले जनाएको छ । सडक भासिएको स्थान ईप्रका कोदारीबाट २ कि.मि. दक्षिण पर्दछ ।