
सिन्धु काठमाडौं अध्यक्षमा गहतराज सर्वसहमत निर्वाचित

१३ बैशाख , काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी( माओवादी केन्द्र )सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समिति अध्यक्षमा ताेकेन्द्र गहतराज निर्वाचित भएका छन् ।
समन्वय सतितिकाे शनिबार काठमाडौंमा सम्पन्न दाेस्राे सम्मेलनबाट गहतराजकाे अध्यक्षमा ४१ सदस्यीय समिति निर्वाचित गरेकाे छ । समितिकाे उपाध्यक्षमा सुदर्शन लम्साल, सुवास लामा, रेशम बहादुर पाख्रिन र शारदा आचार्य , सचिवमा छन्द प्रसाद नेपाल( सिपी), सहसचिवमा राजेश तामाङ र राजन भुजेलर काेषाध्यक्षमा ज्ञानसिं वाइवा निर्वाचित भएका छन् ।
सम्मेलनले अनुशासन समितिकाे प्रमुखमा देवराज बस्नेत र लेखा समितिकाे प्रमुखमा केदार चाैलागाईलाई चयन गरेकाे छ । त्यस्तै अनेमसंघ क्रान्तिकारीकाे अध्यक्षमा रिना घिमिरेलाई जिम्मेवारी दिएकाे जिल्ला निर्वाचन समितिका प्रमुख राजेन्द्र शर्माले जानकारी दिए । उनका अनुसार सर्वसहमत रुपमा समिति निर्वाचित गरेकाे हाे ।
निर्वाचित समितिलाई पार्टी केन्द्रीय सदस्य कृष्णप्रसाद सापकाेटा, केसव नेपाल, माधव सापकोटा , युवराज दुलाल, अमृता नेपाल, प्रदेश अध्यक्ष सरल सहयात्री पाैडेल लगायत सिन्धुपाल्चोकका नेताहरुले अविर र खादा लगाई बधाई तथा शुभकामना प्रदान गरेका थिए ।
सम्मेलनकाे उद्घाटन नेकपा (माओवादी केन्द्र ) का अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका हुन् ।
सम्मेलन कै अवसरमा विभिन्न पार्टी परित्याग गरि माओवादी प्रबेश गर्नेहरुलाइ दाहालले स्वागत गरेका थिए ।