१५ बुँदे गुरु योजना सहित ‘सुकुटे’ लाई पर्यटकीय क्षेत्र घोषणा

दिनेश दुलाल
६ बैशाख ( २०८२) सुकुटे । सिन्धुपाल्चोक जिल्लाको ‘सुकुटे’ लाई पर्यटकीय क्षेत्र घोषणा गरिएको छ । जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाले आज एक कार्यक्रमका बिच पर्यटकीय क्षेत्र घोषणा गरिएको हो ।

पूर्व सभामुख अग्निप्रसाद सापकोटाले सुकुटेलाई पर्यटकीय हबको रुपमा विकास गर्न अल्पकालिन र दृघकालिन गुरु योजना सहित दिशा निर्देश गर्ने १५ बुँदे पत्र पढेर कार्यक्रमको उदघाटन गरेका हुन । कार्यक्रमका प्रमुख अतिथि रहेका सापकोटाले उदघाटन पछिको मन्तव्यलाई सम्वोधन गर्दै पर्यटन भनेको आर्थिक विकासको मेरूदण्ड भएको बताए । सिन्धुपाल्चोकमा पर्यटनको प्रचुर सम्भावना भएपनि दुर दृष्टि र सम्भावनाको खोजिनिति गर्नुपर्ने उनको तर्क छ ।

पर्यटनले समाजवादको आधार तयार गर्न महत्वपुर्ण भूमिका खेल्ने उदघोष गर्दै सापकोटाले समाजवादको लागि आर्थिक विकास पहिलो प्राथमिकता हुने धारणा राखे । ‘सम्भावना जति छ त्यति हामीले गर्न सकेका छैनौ तर सुकुटे यतिमै खुम्चिनु हुँदैन’, पूर्व सभामुख सापकोटाले भने । पर्यटकीय क्षेत्रको लागि बहुआयमिक योजना बनाएर बिस्तार गर्नुपर्ने तर्क राख्दै सुकुटे आसपास रहेका रिसोर्टहरूमा रैथाने उत्पादनलाई बढाउ दिन सुझाए ।

समाजवादमा सबभन्दा पहिला रोजगारीको सिर्जना आवश्यक रहेको औंल्याउँदै सापकोटाले नगरपालिकालाई रोजगारीको सिर्जना गर्न सुझाए । पर्यटन क्षेत्र भनेको विचार, संस्कृति र संस्कार भएको बताउँदै सापकोटाले नगरमा व्यापक छलफलद्वारा एकरूपमा ल्याउन आग्रह गर्दै पर्यटकीय क्षेत्रलाई आफूले सहयोग गर्ने समेत वचन दिए ।

त्यस्तै कार्यक्रमका भौतिक तथा पूर्वधार पूर्वमन्त्री तथा बागमती प्रदेश सदस्य युवराज दुलालले सुकुटेलाई पर्यटकीय क्षेत्र घोषण गरेसंगै सिङ्गोे सिन्धुपाल्चोक जिल्लालाई पर्यटकीय क्षेत्र घोषणा गर्न बाटो खुल्ने तर्क राखे । पर्यटकीय क्षेत्र भनेको कतिवटा रिसोर्ट चलाउने र कति राजश्व उठाउने भन्ने कुरा मात्र नभई घोषणाले जनताको जीवन स्तर उकास्ने र जनताको जनजीवनसंग गाँसिनुपर्ने धारणा राखे । पर्यटकीय क्षेत्र घोषणा गरेपछि निजी क्षेत्रको निकै महत्व रहने समेत उनले उल्लेख गरे ।

सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्रसिंह थापाले सुकुटेलाई पर्यटकीय क्षेत्र घोषणा गर्ने काम गौरबको विषय भएको बताए ।
‘अब सुकुटे पर्यटकीय क्षेत्र घोषणा भएसंगै हामीले माग्न पर्ने केही छैन सबै माग पुरा भयो’, अध्यक्ष थापाले भने । चौतारा साँगाचोकगढी नगरपनलिकासंग सिन्धु सुकुटे पर्यटन व्यवसायी संघले गरेको सम्झौता अनुसार कार्यान्वयन गरिने उनले प्रतिवद्धता जनाए ।

चौतारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठप्रसाद सापकोटाले सुकुटेलाई पर्यटकीय क्षेत्र घोषणा गरिने प्रक्रिया लामो रहेको बताउँदै पर्यटकीय क्षेत्र घोषणा गरे संगै यो क्षेत्रमा के–के गर्ने भन्ने काम आजबाटै सुरूवात भएको बताए । उक्त घोषणा सिन्धु सुकुटे पर्यटन व्यवसायी संघ लगाएत छलफल द्वारा आयोजना गरिएको बताए ।

सायक प्रमुख जिल्ला अधिकार गणेश नेपालीले सुकुटेलाई पर्यटकीय क्षेत्र घोषणा गर्ने काम सिन्धुपाल्चोककै पहिचान भएको बताए । त्यस्तै नेपाल सरकारका पूर्व सचिव पुन्य प्रसाद न्यौपानेले सुकुटेलाई पर्यटकीय क्षेत्र घोषणा गर्ने ऐतिहासिक कार्यमा नगरले आफूले सम्झेको भन्दै नगरलाई धन्यवाद दिए । पत्रकार माहासंघ सिन्धु शाखाका अध्यक्ष ध्रुब दंगालले सुकुटे पर्यटकीय क्षेत्र बन्ने अवस्थामा पुग्नु माओवादी केन्द्र विशेषगरी प्रचण्डको देन भएको तर्क राखे । कार्यक्रममा राजनैतिक दलहका प्रतिनिधि लगाएतले समेत धारणा राखेका थिए ।
कार्यक्रमका सभाअध्यक्ष रहेका चौतारा नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद सापकोटाले सुकुटे मात्रैलाई मात्र पर्यटकीय क्षेत्र गरेको नभई सुकुटे लगाएत वरपर समेतका क्षेत्र पर्यटन क्षेत्र रहेको उदघोष गरे ।

पर्टकीय क्षेत्र घोषणा गरेर पूर्वधारको विकास मात्र नभई पुरातात्त्विक र साँस्कृतिक सम्पदाहरूको संरक्षण समेत नगरले आवश्यकता औंल्याएको बताए । होटल तथा पर्यटन व्यवसायीकहरूको व्यवसाय सुरक्षाको प्रत्याभूति समेत नगरले गरिने उनले प्रतिवद्वता जनाए । कार्यक्रमको स्वागत मन्तव्य राखेकी नगर उपप्रमुख सीता थापाले पर्यटकीय क्षेत्र घोषणा गरेको सुकुटेलाई पर्यटनमय बनाउन नगरसभाबाट लिएका नीतिगत योजनाहरुलाई क्रमश ः कार्यान्वयन गरिने बताईन ।


सुकुटे पर्यटकीय क्षेत्र घोषणा कार्यक्रममा १५ बुँदे गुरुयोजना

चौतारा साँगाचोकगढी नगरपालिकाको मिति २०८१ पौष २८ गतेको नगरसभाको निर्णय, स्थानीय सरकार साचालन ऐन २०७४ को दफा ९ को उपदफा ३ बमोजिम सुकुटेलाई पर्यटकीय हवको रुपमा विकास गर्न अल्पकालिन र दीर्घकालिन गुरुयोजना सहित अधि बढ्न दिशा निर्देश गर्न सुकुटे पर्यटकीय क्षेत्र घोषणा गरिएको छ ।

१) सुकुटे क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन २०७६५ फागुनमा सम्पन्न प्रथम सुकुटे महोत्सव, पर्यटन व्यवसायीगंग नगरपालिकाको पटक पटक छलफल, सिन्धु सुटे पर्यटन व्यवसायी संघको संयोजनमा २०८१ मा भएको राष्ट्रिय बिच भलिवल प्रतियोगितामा भएका निचोडहरुलाई समेत आधार मानी यो निर्णय गरिएको हो ।

२) होटन, रिसोर्ट तथा पर्यटनसंग सम्बन्धित व्यवसायलाई दिगो संचालनका लागि नीति निर्माण गरी स्थानीय तह मार्फत नियमन गरिनेछ । सुकुटे क्षेत्रमा पर्यटकीय पूर्वाधार विकास गर्न आगामी नगर सभावाट कानून निर्माण गरी गुटे पर्यटन विकास समिति गठन गरी उक्त समितिलाई पर्यटन शुल्क उठाउने र त्यसलाई सुकुटेको पर्यटकीय पूर्वाधार विकासमा खर्च गर्न पाउने गरी व्यवस्था गरिनेछ ।
३) प्रत्येक वर्ष नगरपालिकाले बजेट विनियोजन गरी सुकुटे क्षेत्रको पर्यटन पूर्वाधार निर्माण गर्नेछ ।
४) सुकुटेमा कृषि संकलन केन्द्र निर्माण आसपासका क्षेत्रका कृषिजन्य बस्तु संकलन गरी कृषकका उत्पादन संकलन गरी सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको समन्वयमा सुकुटे क्षेत्रका होटल तथा रिसोर्टमा खपत गराइने नीति लिइनेछ ।
५) नदी संरक्षण र पर्यटनलाई व्यवस्थित गर्न करिडोर हरियाली अभियान सहित जैविक विविधता र पर्यावरण संरक्षण गरिनेछ साथै निश्चित क्षेत्रलाई ¥याफ्टिङ जोनको रुपमा विकास गरी नदीजन्य उत्खननलाई वैज्ञानिक व्यवस्थापन गरिनेछ ।
६) स्थानीय कला र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनेछ, साथै होटल तथा रिसोर्टका मेनुमा पनि स्थानीय परिकारलाई समावेश गरिनेछ ।
७) व्यवसायीको लगानी सुरक्षित गर्न लगानी मैत्री वातावरण सिर्जना गरिनेछ । विशेषगरी लगानीका लागि चाहिने सुरक्षा र विश्वासको परिस्थिति बनाइनेछ ।
८) सुकुटे जलबिहारको सुन्दर हब भएकाले यसलाई आधार मानेर नगरपालिका भित्र रहेका पर्यटकीय क्षेत्रको प्याकेज तयार गरी प्रचार प्रसार गरिनेछ ।
९) पर्यटकीय क्षेत्रमा आवश्यक पुर्वाधारहरु जस्तैः बञ्जीजम्प, स्काई साइक्लिङ, जिपलाईनहरु निर्माण गरी पर्यटकहरुलाई थप समय यस क्षेत्रमा व्यतित गर्ने व्यवस्था गरिनेछ ।
१०) छिमेकी पालिका सुनकोशी, बलेफी र जुगलको साझेदारीमा पर्यटकीय पूर्वाधारहरु विकास गर्न पहल गरिनेछ ।
११) पर्यटन सूचना केन्द्र निर्माण गरी नगरपालिकाका पर्यटकीय स्थलहरुको बारेमा जानकारी गराउने व्यवस्था सरिनेछ ।
१२) मुकुटे क्षेत्रको सुरक्षालाई ध्यानमा राखी नगर प्रहरीको व्यवस्था गरिनेछ ।
१३) जुगल हिमाल लगायत जिल्लाका अन्य पर्यटकीय क्षेत्रका प्रवेशद्वारका रुपमा सुकुटे क्षेत्रलाई प्रवद्र्धन गरिनेछ ।
१४) बलेफीमा पर्यटन विभागको सहयोगमा निर्माणाधिन व्याफ्टिङ्ग विद्यालयको निर्माण समयमा नै सम्पन्न गरी दक्ष जनशक्ति उत्पादन गर्न स्थानीय सरकारने समन्वय गर्नेछ ।
१५) सुकुटे क्षेत्रमा पर्यटन प्रवद्र्धनका एकीकृत कार्यकम अघि बढाउन सरोकारवाला सबैको सामुहिक प्रयासमा जोड दिइनेछ ।

मितिः २०८२ वैशाख ०६ गते, शनिबार