समानता परियाेजनाबाट ३० जनाले सहकारी व्यवस्थापन सम्वन्धि २ दिने तालिम पाए

निर्मल बस्नेत
६ बैशाख, चौतारा । सप्रोस नेपालको समानता परियाेजनामार्फत ३० जनाले सहकारी व्यवस्थापन सम्वन्धि २ दिने तालिम पाएका छन् । तालिम चौतारा नगरपालिकाभरका अपाङ्गता क्षेत्रका अगुवा व्यक्तिहरुको सहभागितामा भएको हो ।
चौतारा नगरपालिका स्तरीय अपाङ्गता समन्वय समिति र वडा स्तरीय अपाङ्गता भएका अगुवा व्यक्तिहरुको सहभागितामा सञ्चालित तालिममा उनीहरुलाई सहकारीको इतिहाँस, वर्तमान अवस्था र यसको प्रभावबारे जानकारी गराएको थियो ।
नगरपालिकाभरका अपाङ्गता क्षेत्रका अगुवा व्यक्तिहरुलाई २ दिनसम्मको तालिममा सुब्वाप्रसाद दुलालले सहजीकरण गरेका थिए । आवासीय रुपमा सञ्चालित तालिममा नगरपालिकाभरका सोही क्षेत्रका अगुवाहरुले सक्रिय सहभागिता जनाएका थिए ।
सप्रोसको अगुवाईमा ठाकुर गिरीको अध्यक्षतामा १५ सदस्यीय नमुना अपाङ्गता बहुउदेश्यीय सहकारी संस्था लि. नामक तदर्थ समिति गठन समेत गरेको छ । यस सहकारीमार्फत अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकार प्रवर्धन गर्ने र उनीहरुको आर्थिक शशक्तिकरणमा जोड दिने लक्ष्य रहेको सप्रोसका परियोजना व्यवस्थापक महेश्वर ढकालले बताए । नवगठित सहकारीको संस्थागत बिकास र दिगाे बिकासमा निरन्तर सहयोग गर्दै जाने योजना रहेको उनले सुनाए ।
ढकालले सप्रोस नेपालले सिविएम ग्लोवलको सहयोगमा अपाङ्गता भएका व्यक्तिहरुको मर्यादित जिविकोपार्जन शशक्तिकरण (समानता) नामक परियोजनामार्फत चौतारा साँगाचोकगढी नगरपालिका र बलेफी गाउँपालिकामा जिविकोपार्जन र शशक्तिकरणको क्षेत्रमा काम गर्दै आइरहेको समेत बताए ।