
सञ्चारकर्मी रजकप्रति श्रद्धाञ्जली , घट्नाकाे बिराेध

रामकृष्ण पराजुली
१६ चैत्र , चौतारा ।
नेपाल पत्रकार महासंघ सिन्धुपल्चोकले चैत्र १५ मा राजावादीहरुले गरेकाे आन्दोलनकाे क्रममा भएको आगजनिबाट निधन भएका सञ्चारकर्मी सुरेश रजकप्रति शाेक व्यक्त गरेकाे छ ।
शोक सभामा नेपाल पत्रकार महासंघ सिन्धुपल्चोकका अध्यक्ष ध्रुव दंगाल लगायत पदाधिकारी र जिल्लाका सञ्चारकर्मीहरुको उपस्थित थिए । उनिहरुले रजककाे तस्बिरमा अविर र पुष्प गुच्छा चढाएर उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । उनिहरुले टाउकाे र हातमा कालाेपट्टी बाँधेर सहकर्मीकाे मृत्यु र सञ्चारमाध्यमाथि भएको ताेडफाेडसहित भएको घट्नाकाे बिराेध गरेकाे छ ।
शोक सभामा अध्यक्ष दंगालले मृत्युको घटना स्वभाबिक नभएको भन्दै खेद प्रकट गर्दै घट्नाकाे भत्सर्ना गरे । उक्त घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारबाही गर्न सरकार र सम्बद्ध पक्षसँग माग गरे । उनले याे गणतन्त्र आम नागरिक समाज र गणतन्त्रवादीहरूले लडेर ल्याएको स्मरण गर्दै गणतन्त्रलाई कुनै पक्षबाट धावा बोलिन्छ भने त्यो सही नहुने जिकिर गरे । नागरिक र प्रेस स्वतन्त्रता माथि भएकाे हस्तछेप बन्द गर्न राजावादीहरूलाई चेतावनी दिएका छन् ।
नेपाल पत्रकार महासंघले देशभरिबाट उक्त घट्नाकाे बिराेध जनाउदै चैत्र २० गते सम्मकाे कार्यक्रम सार्वजनिक गरेकाे छ गरेकाे छ । जसमा कार्यस्थलमा कालाेपट्टी बाँध्ने, प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउने लगायत रहेकाे छ।
जसअनुरुप नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकले केन्द्रीय सर्कुलरलाई सबै शाखा सदस्य र सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीलाई कार्यनयन गर्न जानकारी समेत गराइएको अध्यक्ष दंगालले जानकारी गराए ।