गठबन्धनलाई हराउँदै अखिल क्रान्तिकारीको प्यानलै विजयी

५ चैत्र (२०८१), जलबिरे । सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका अन्र्तगत जलबिरे भ्याली क्याम्पस जलविरेमा भएको स्ववियु निर्वाचनमा अखिल ( क्रान्तिकारी ) को प्यानल नै विजय भएको छ ।

मेलम्ची भ्याली क्याम्पसबाट निर्वाचित क्रान्तिकारीका राजन गिरी

अनेरास्ववियु र नेविसंघ गठबन्धनलाई पराजित गर्दै अखिल ( क्रान्तिकारी ) का अशोक ढुंगाना नेतृत्वको प्यानल नै विजय भएको हो ।
क्याम्पसको स्ववियू सभापतिमा क्रान्तिकारीका अशोक ढुंगाना निर्वाचित भएका छन् भने अन्य पदमा क्रान्तिकारीकै प्यानलै विजयी बनेको छ । निर्वाचन मंगलबार सम्पन्न भएको थियो ।

यसैबीच सिन्धुपाल्चोकको मेलम्ची भ्याली क्याम्पसमा सत्ता गठबन्धन नेविसंघ र अनेरास्ववियुको साझा उमेदवारलाई पराजित गर्दै स्ववियू सभापतिमा अखिल क्रान्तिकारीका उम्मेदवार विजयी भएका छन् ।

क्रान्तिकारीका सभापतिका उम्मेदवार राजन गिरीले ७३ मत ल्याएर विजय भएका हुन् । उनका प्रतिद्वन्दी गठबन्धन नेविसंघका रोशन गिरी ले ४० मत मात्रै ल्याएका छन् ।