
सिन्धुपाल्चोकमा बिश्व उपभोक्ता अधिकार दिवश कार्यक्रम सम्पन्न

३ चैत्र , चौतारा । स्वच्छ प्रतिस्पर्धी बजार, उपभोक्ता संरक्षणको दिगो आधार भन्ने मूल नाराका साथ उद्योग तथा बाणिज्य कार्यालय सिन्धुपाल्चोकले विश्व उपभोक्ता अधिकार दिवश मनाएको छ । हरेक बर्षको मार्च १५ तारेखका दिन मनाउदै आएको दिवश सिन्धुपाल्चोकमा भने मार्च १६ का दिन जिल्लाका उद्यमी, उपभोक्ता र सरोकारवालाहरुको सहभागितामा मनाएको हो ।
सन् १९ ६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, छनोट र सुनुवाईलाई उपभोक्ताको चार अधिकारको रुपमा घोषणा गरिएको सम्भझनामा प्रत्येक बर्ष मनाइने गरेको छ ।
सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी किरण थापाको प्रमुख आतिथ्यतामा चौतारामा एक कार्यक्रम गरि दिवश मनाएको हो ।
प्रजिअ थापाले हरेका पालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई निरिक्षण अधिकृतको रुपमा जिम्मेवारी प्रदान गरिएको बताए । अनुगमनको लागि स्थानीय सरकार र प्रदेश सरकारलाई अधिकार दिएको बताउदै थापाले सुरक्षाको लागि जिल्ला प्रशासनले आवश्यक व्यवस्था मिलाउने बताए ।
उपभोक्ता हित र सेवा प्रदायक संस्थाहरुले पनि राज्यको कानुनलाई पालना गर्न गराउन शशक्त भूमिका निर्वाह गर्नुपर्नेमा प्रजिअको जोड थियो ।
त्यस्तै कार्यक्रमका बिशेष अतिथि चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष सिव श्रेष्ठले बजारमा ससवैभन्दा वढी अखाद्य बस्तुहरु बिलासीका बस्तुहरुमा पाइने गरेको बताए । उनले पछिल्लो चरण बर्थडेको नाममा प्रयोग हुने केकमा सन् २०१८ मा बनेको सामग्री प्रयोग भईरहेको अवस्थामा अनुगमन टोलीले फेला पारी कार्वाहीसमेत गरिएको सुनाए । उनले खाद्यन्न पसलहरुमा औषधी र मदिराजन्य पलार्थहरुसमेत बिक्रि भइरहेको भन्दै यसको कडा अनुगमन गर्न माग गरे ।
उद्योग तथा बाणिज्य कार्यालय सिन्धुपाल्चोकका कार्यालय प्रमुख त्रिपुरारी बखरेलले उपभोक्ता अधिकार ऐन, उत्पादक, बिक्रेता र उपभोक्ताको दायित्व, सम्वन्धमा पावरप्वाइन्टमा प्रस्तुत गरेका थिए । उनले सिन्धुपाल्चोक जिल्लामा सञ्चालित कार्यक्रम र गतिबिधीहरुको सवालमा समेत सवैलाई जानकारी गराएका थिए ।
नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष धु्रव दंगालले ठूला घरानाको नियन्त्रणमा बजार रहेको भन्दै अनुगमनको पार्टलाई फराकिलो बनाएर जानुपर्ने कुरा सुझाए । उनले बजारलाई खुला र प्रतिस्पर्धी बनाउँदै उपभोक्ता शिक्षालाई प्रभावकारी बनाउन माग गरे ।
बिश्व उपभोक्ता महासंघका सिन्धुपाल्चोक अध्यक्ष सुवास गौतमले उपभोक्ता अधिकारको ज्ञान चेतनाको कमीका कारण कैयौ पटक ठगिने गरेको बताए । नेपालको संबिधान २०७२ को धारा ४४ को मौलिक हकको सवालमा अधिकार प्रयोग र कार्यन्वयनबारे तीन तहकै सरकारले चासोका साथ लिएर बढ्नुपर्ने आवश्यकता औल्याए ।
उपभोक्ता हितको सवालमा जिल्ला लघु उद्यमी संघ सिनधुपाल्चोककी अध्यक्ष सानुमाया सुरुङ र नेपाल घरेलु तथा साना उद्योग महासंघका महासचिव हरीकुमार श्रेष्ठले आवाज उठाएका थिए ।
कार्यालयका प्रशिक्षक प्रबिण बस्नेतले सहजीकरण गरेको कार्यक्रममा सिन्धुपाल्चोकका उद्यामी, बिक्रेता , उपभोक्ता , जनप्रतिनीधि, सञ्चारकर्मी, कर्मचारी र अन्य सरोकारवालहरुको सहभागिता रहेको थियो ।