
कृष्ण रत्न गंगा माविमा माओबादी र समाजबादीकाे टिम बिजयी

२ चैत्र , चाैतारा । कृष्ण रत्न गंगा माध्यमिक बिद्यालय, चाैताराकाे विद्यालय व्यवस्थापन समितिकाे निर्वाचनमा माओबादी र समाजबादीकाे समर्थनमा रहेकाहरुले बिजय हासिल गरेका छन् ।
नेकपा एमाले र नेपाली काङ्ग्रेस समर्थनमा रहेकाहरु भने पराजय व्यहाेरेका छन् । चुनाबकाे अघिल्लो दिन दुवै तर्फबाट आ- अाफ्ना टिमलाई मतदान गर्न दलहरुले अभिभावकहरुलाई अपिल नै गरेकाे थियाे ।
१ हजार ३ सय ८९ जना मतदाता रहेकाेमा ८ सय ६४ मतदान भएको थियाे । १० जना चुनावी प्रतिस्पर्धा उत्रेका थिए उनिहरु मध्ये चार जना बिजयी भएका हुन् । बिजयपश्चात खुसियालीमा चाैतारा बजारमा गीत गाएर रमाईलाे समेत गरेका थिए ।
माओबादी – समाजबादी समर्थनमा निर्वाचित सदस्यहरू
१, ईश्वरी प्रशाद श्रेष्ठ चस्मा चिन्ह ३५८
२, राजन बुढाथाेकी- मन्दिर चिन्ह ३९६
३, लक्ष्मी श्रेष्ठ- माेटरसाइकल चिन्ह ३८२
४, निर्मला श्रेष्ठ- बाघ चिन्ह ३८२
यस्तै निर्वाचनमा एमाले र काङ्ग्रेसको समर्थनमा प्रतिस्पर्धामा रहेकाहरु निमेश श्रेष्ठ (बस) : ३२२,निमा लामा (हास) २७७,बिन्दा पुरी (स्याउ): ३२४, लजिता श्रेष्ठ (माेबाईल) चिन्हले ३३९ मत पाएका छन् ।
त्यस्तै स्वतन्त्र उम्मेदवारहरु संसार श्रेष्ठ (पुतलि) ६० र रबिन श्रेष्ठ (बल) चिन्हले ४५ मत पाएका छन् ।