माओबादीकाे मेलम्ची अध्यक्षमा पुःन सिपी दुलाल

२ चैत्र, मेलम्ची । नेकपा(माओवादी केन्द्र) मेलम्ची नगरपालिकाको तेस्रो सम्मेलनबाट अध्यक्षमा पुःन सिपी दुलाल निर्वाचित भएका छन् । दुलाल यसभन्दा अघिल्लाे कार्यकालमा समेत अध्यक्ष रहेका थिए ।
शुक्रबार भएको सम्मेलनले तीन बर्षे कार्यकालकाे लागि उपाध्यक्षमा अप्सरा पौडेल ,भोलानाथ आचार्य र परशुराम खतिवडा, सचिवमा थन ब. तामाङ ‘अपिल’, सह-सचिव कैलेन्द्र तामाङ र
कोषाध्यक्षमा भिमसेन दुलाल निर्वाचित चएका छन् ।
त्यस्तै समितिकाे काम कार्वाहीलाई चुस्त बनाउन अनुशासन समिति प्रमुखमा बासुदेव कटुवाल , लेखा समिति प्रमुखमा प्रकाश दंगाललाई चयन गरेकाे छ ।

नवनिर्वाचित नगरसमितिलाई माओबादीका नेताहरुले बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।