‘पूर्व राजाको समर्थनमा दशहजार मान्छे उत्रिदैमा हुनेवाला केहीछैन’ –प्रचण्ड

निर्मल बस्नेत
१ चैत्र (२०८१), मेलम्ची । पूर्व प्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व राजाको समर्थनमा दशहजार मान्छे सडकमा उतार्दै केही नहुने बताएका छन् । नेकपा (माओवाादी केन्द्र) मेलम्ची नगर समितिको तेस्रो नगर सम्मेलन जागरणसभा तथा सहिद प्रतिष्ठान मेलम्चीको भवन उदघाटन गर्न मेलम्ची आएका प्रचण्डले खवरदारी सभालाई सम्बोधन गर्दै उक्त धारणा राखेका हुन् ।

‘हिजो इतिहासमा हजारौँ जनताको छोराछोरीहरूको बलिदानबाट प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र दशहजार हजार मान्छे उर्फिँदैमा उल्ट्याउन सम्भव छैन’, उनले भने । तर त्यो दुष्साहस भइरहेको प्रति ईंगित गर्दै भने, ‘त्यसलाई हामीले भनेका छौँ, इँटको जवाफ पत्थरले दिन माओवादी तयार छ ।’ समाजवादी र गणतन्त्रवादीहरू आगमी चैत्र १५ गते केन्द्रीकृत कार्यक्रम गरेर जवाफ दिने उनले संकेत गरे ।

सोही कार्यक्रममा प्रचण्डले मेलम्चीमा जनताको उत्सुकता र धैर्यताको लागि धन्यवाद दिए । मेलम्ची आफैंमा एउटा ईतिहास, अवसर र चुनौति भएको उनको प्रचण्डको कथन छ । प्रदेश सांसद युवराज दुलालले यस क्षेत्रको विकास र समृद्विको लागि गरेको मिहिनेतको तारिफ गर्दै अध्यक्ष प्रचण्डले जनताले उक्त कार्यलाई अनुमोदन गरिसकेको आफूलाई महसुस भएको बताउँदै सो क्षेत्रका जनतालाई धन्यवाद दिए । युवराज दुलालले यस क्षेत्रका जनताको यहाँका विकास निर्माण र समृद्विको निम्ति गरेको मिहिनेत जनताले अनुमोदन गरिसकेको आफूले पाएको भन्दै विकासवादी नेता युवराज दुलालको विकास जनता प्रतिको समर्पण तथा यो कार्यक्रम सम्म आईपुग्दा उहाँको व्यवस्थापनको निम्ति युवराजलाई धन्यवाद दिए ।

सिन्धुपाल्चोकका जनताको सुख र दुखको घडीमा आफू यहाँका जनतासंगै रहने र जनताका आवाजहरुलाई नजिकबाट सुन्ने र जनताको खुशियालीमा र दुखमा पुगेको पुगेको स्मरण गर्दै प्रचण्डले दर्जनौपटक सिन्धुपाल्चोक पुगेको बताए । मेलम्चीको जनताप्रति सरकार उत्तरदायी हुन नसकेको आरोप लगाउँदै प्रचण्डले मेलम्ची खानेपानीबाट प्रभावित जनतालाई लेभि दिलाउन अन्तिम सम्म लागिपर्ने प्रतिवद्वता जनाए । मेलम्चीको पुर्ननिर्माण र पुर्नस्थापनाको लागि सदनमा आवाज उठाउने जनाउ दिंदै प्रचण्डले गुठीपुडितहरुको माग समेत उठाउने प्रतिवद्वता जनाए ।

कार्यक्रममा पार्टी उपाध्यक्ष तथा पूर्व सभामुख अग्निप्रसाद सापकोटाले नेपालमा भएको दुई दलीय सरकार आफ्नै कारणले सकिने ठोकुवा गरे । देशलाई चौथो चरणको आन्दोलका आवश्यक परेको र अब शान्तिपुर्ण आन्दोलन सुरु हुने बताए ।
क्षेत्र नम्बर १ का सांसद तथा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका सदस्य माधव सापकोटाले २०६४ सालमा राजावादी पश्चगमनकारीहरुलाई बढार्ने सक्ती माओवादीमा रहेको ठोकुवा गरे ।

कार्यक्रमका केन्द्रीय सदस्य तथा वाग्मति प्रदेश सांसद युवराज दुलालले ३३ वर्षसम्म राज गरेका मान्छेहरूले भूत जगाएको टिप्पणी गरे । दुलालले काठमाडौँ साँखु फर्केश्वर छाप भन्ज्याङ मेलम्ची क्षेत्रको सडकको लाइभलाइन भएको बताए यसवर्ष २० करोड ठेक्का गराउनको लागि प्रथम चरणमा ४ करोड बजेट सुनिश्चित भइसकेको समेत उनले जानकारी सरकार परिवर्तन भए यता एमाले कांग्रेसहरूले षड्यन्त्र गरेर सबै प्रादेशिक सडकहरुलाई समेत निरन्तरता नदिने गरी काम गरिरहेको उनले जनाए उनले यस क्षेत्रको तीनवटा मुख्य सडकहरू मेलम्ची हेलम्बु सडक मेलम्ची पाँचपोखरी भुटान सडक र मेलम्ची भोटसिपा हुँदै चौतारा जाने सडक तथा नवलपुर चौतारा सडक खण्डलाई प्रादेशिक रुपमा गुरु योजना बनाएको बताए ।

मेलम्ची इन्द्रावती नदीको एकीकृत विकास योजना बढाएर आफूहरुले विकासको मोडलसहितको अवधारणा बनाएकोमा सरकार परिवर्तनपछि उनीहरूले यसलाई हटाएको समेत आरोप लगाए । एकीकृत विकास योजनाले नै मात्रै विकास सम्भव हुने उनको तर्क छ । पूर्वमन्त्री दुलालले गफ गर्ने र ठूला आदर्शहरूका प्रतिबद्धता गर्दै हिँड्नेको पछि नलाइकन विकास र समृद्धिको पक्षमा उभिनको लागि आह्वान गरे । एमाले कांग्रेसलाई दुलालले खुला चुनौती समेत दिए ।


कार्यक्रममा माओवादी केन्द्र प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेल, पार्टी केन्द्रीय सदस्यद्वोय चन्द्रबहादुर थापा, प्रेम सापकोटा, प्रदेश सांसद अमृता नेपाल लगाएतले सम्बोधन गरेका थिए ।