
एमाले परित्याग गरि सिंगाे वडा कमिटी नै माओवादीमा प्रवेश

२१ फागुन, साँगाचोक । चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ११ का नेकपा एमालेको वडा कमिटी अध्यक्ष तिर्थराज गिरी सहित बहमुमत वडा समिति नै माओवादी केन्द्र प्रबेश गरेका छन् । शहीद सप्ताहको एक कार्यक्रमका बिच उनीहरु प्रबेश गरेका हुन् ।
उनी संगै समितिका सचिव गोविन्दप्रसाद पराजुली,सदस्य रामहरी गिरी,श्यामजी गिरी,बङ्गाली माझी, रन्जित गिरी,विमला गिरी,पार्वती पुरी,अमित गिरी,अपी गिरी,अमृता गिरी हुन् ।
त्यस्तै एमालेका बौद्धिक क्रियाशिल नेता भरत राज गिरी, अनेम संघ वडा कमिटी सदस्य सृजना भारती, संगठित सदस्य अमृता गिरी, देवि गिरी, हिराराज गिरी, पवित्रा गिरी, सन्दीप गिरी, हर्कराज गिरी, ईश्वरी गिरी, सुशीला गिरी, बलराम गिरी, परिच्छिद गिरी, नवराज गिरी र पशुपति गिरी रहेका छन् ।
त्यस्तै नेपाली काङ्ग्रेसबाट क्रियाशिल सदस्य सुनकेस्रा गिरी, सानीमैयाँ गिरी, हेमराज गिरी, गम्भीर गिरी छन् भने राप्रपाका सुन्दर ठकुरी रहेका छन् र रास्वपाका सदस्य अनन्तराज गिरी पनि माओबादी प्रबेश गरेका छन् ।
त्यसैगरि वडा नम्बर १२ का नेकपा (एमाले) वडा कमिटी सदस्य तिर्थबहादुर श्रेष्ठ र स्वतन्त्र युवा सन्तोष सिलवाल रहेका छन् ।
पार्टी प्रबेश गर्नेहरुलाई माओबादी पार्टीका केन्द्रिय नेताहरु कृष्णप्रसाद सापकोटा, केशव नेपाल, युवराज दुलाल, प्रेम सापकोटा र प्रदेश, जिल्ला तहका नेताहरुले अविर र खादा लगाएर स्वागत गरेका थिए ।
पार्टी प्रवेशको लागि बिर्ताथोक भन्ने सिङ्गो गाउँ नै उर्लिएर आएको माओवादीका स्थानीय नेता दधिराम पराजुलीले जानकारी गराए ।