सिन्धुपाल्चोकमा ६.१ म्याग्निच्युडको भूकम्प, काठमाडौं आसपासमा ठूलो धक्का महसुस

शुक्रबार, फागुन १६, २०८१

काठमाडौं । सिन्धुपाल्चोक केन्द्रबिन्दु भूकम्प गएको छ । अहिले बिहान २ बजेर ५१ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

भूकम्प मापन केन्द्रका अनुसार ६.१ म्याग्निच्युडको भूकम्प गएको हो । सिन्धुपाल्चोकको भैरव कुन्ड आसपासमा केन्द्रबिन्दु भएको केन्द्रले जनाएको छ ।
भूकम्पकाे ठूलाे झड्का अाएसंगै काठमाडौं, भक्तपुर र ललितपुरका शहरमा केही मान्छेहरू सडकमा निस्किएको त्याँहाका स्थानीले बताएका छन् ।