
गोल्मादेबीको ४२ औँ बार्षिकोत्सव सम्पन्न, बिद्यालय बस हस्तान्तरण र सहयाेगदातालाई सम्मान

निर्मल बस्नेत
१३ फागुन, जीतपुर । चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ९ स्थित गोल्मादेवी माध्यमिक बिद्यालय, जीतपुरको ४२ औँ बार्षिकोत्सव सम्पन्न भएको छ । सो अवसरमा बिद्यालयलाई बस हस्ताञ्तरण तथा सहयोगदाताहरुलाई बिद्यालयले सम्मान गरेको छ ।
९ नम्बर वडाको सुन्दर बस्ती जीतपुरमा रहेको परिपरि कम्पाउण्ड भित्र रहेको बिद्यालयको बार्षिकोत्सव अघिल्लो बर्षहरुको भन्दा बेग्लै र आकर्षक रहेको थियो । बिद्यालयलाई बेहुली झै सजाएर आमन्त्रीत अतिथीहरुलाई दुबोको माला र पुष्पगुच्छाले स्वागत गरिएको थियो।
चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै नगरप्रमुख सापकोटाले शिक्षाको बिकास बिना अरु बिकास अधुरो हुने बताएका छन् ।
उनले गोल्मादेबीको शैक्षिम उन्नयनको लागि नगरपालिकाले आवश्यकताको आधारमा सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए । नगरप्रमुख सापकोटाले समुदायले गरेको सहयोगले बिद्यालयलाइ थप चुनौती थपिदिएको बताए । भौतिक सुबिधासंगै शिक्षाको गुणस्तर बृद्धिमा लाग्न बिद्यालयको ध्यानाकर्षण गराएका थिए ।
गोल्मादेबीको बिद्यालय बस उपलब्ध गराउने निकाय र बस सञ्चालन गर्नका लागि आर्थिक सहयोग गर्ने सहयोगदाताहरुलाई बिद्यालयले दोसल्ला ओडाएर प्रमाणपत्रद्धारा सम्मान गरिएको थियो ।
बिद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक, शिक्षिका र कर्मचारीहरुले पनि बिद्यालय बसको लागि आर्थिक सहयोग गरेकोले उनिह्रुलाई पनि सम्मान गरेको थियो ।
बिद्यालयको तहगत र कक्षागत रुपमा उत्कृष्ठ बिद्यार्थीहरुलाई सम्मानकासाथ पुरस्कार बितरण गरिएको थियो ।
बिद्यालयको प्रधानाध्यापक ज्ञान बहादुर तामाङले बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए । उनले प्रस्तुत गरेको प्रतिबेदनमा बिद्यालय स्थापना देखी हालसम्मको गतिबिधि समेटेको पाईएको छ । वालबिकास देखी कक्षा १० सम्म बिद्यालयमा २ सय १५ जना बिद्यार्थीहरु अध्ययन गर्ने गरेको उल्लेख छ ।
बिद्यालय मित्रता संघको कार्यकारी निर्देशक बिष्णु लामाको बिशेष पहलमा इन्स्ट्रोङ फाउण्डेशन युएसएको ३१ लाख ५० हजार सहयोगमा खरिद बस बिद्यालयलाई हस्ताञ्तरण गरिएको थियो ।
बस सञ्चालनार्थ आर्थिक सहयोग गर्ने २ यस ६८ जनालाई दोसल्ला ओडाएर सम्मानपत्रबाट सम्मान गरिएको थियो ।
बिद्यालयमा अक्षयकोष स्थापना गर्नेहरुलाई पनि सम्मान गरिएको छ । अझ पूर्व अरनिको सेवा समिति अध्यक्ष जीत बहादुर भारतीले अरुले स्थापना गरेको अक्षयकोषमा दोब्बर रकम राखेर कोष स्थापना गरि निरन्तर बस सञ्चालन गर्न लागि पर्ने प्रतिबद्धता जनाए ।
बिद्यालयको शैक्षिक उन्नयनको लागि पूर्व नगरप्रमुख अमानसिं तामाङ, नगरउपप्रमुख सीता थापा, नगर शिक्षा समितिका संयोजक रामप्रसाद गौतम, वडाध्यक्ष बिमल श्रेष्ठ, पूर्व वडाध्यक्ष बिष्णु लामा, शिक्षा शाखा प्रमुख मातृकाप्रसाद आचार्य, समाजसेवी बिदुर भारती र बादल लामा लगायतले शुभकामना व्यक्त गरेका थिए ।
बिद्यालयका बिद्यार्थीहरुको बिभिन्न समुदायको संस्कृतिहरु झल्कने बेजोड गीत नृत्यले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो । साथमा तामाङको झाँकी र स्थानीय पञ्चेबाजाको रौनकले कार्यक्रमको सौन्दर्य बढेको थियो ।
बिद्यालयको शिक्षक सुनिल तामाङको सुबोध उद्घोषणमा सञ्चालिन कार्यक्रम बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशम तामाङको अध्यक्षतामा भएको थियो । कार्याक्रममा बिद्यार्थी, शिक्षक, अभिभावक, शिक्षाप्रेमी, बुद्धिजीवी, समाजसेवी, सञ्चारकर्मी र सहयोगदाताहरुको उल्लेख्य सहभागिता थियो ।