चौतारा अस्पतालले न्युनतम मापदण्डमा ९३ अंङ्क पाई प्रथम हुन सफल

निर्मल बस्नेत
१२ फागुन , चौतारा । प्रादेसिक अस्पताल, चौताराले न्युनतम सेवा मापदण्ड मूल्याङ्कनमा ९३ अंङ्क प्राप्त गरेको छ । वागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालयले गरेको मूल्याङ्कनमा उक्त अंङ्क प्राप्त गरेको हो । गत बर्ष चौतारा अस्पतालले ९२ अंक पाएर प्रदेश भरकै उत्कृष्ठ अस्पतालको रुपमा दर्ज भएको थियो ।

अस्पताल तथा स्वास्थ्य संस्थाको न्युनतम मापदण्ड २०७६ को अनुसार उक्त मूल्याङ्कन गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

अस्पतालको निमित बैठक बस्न गरेकोे, दैनिक बिहानी छलफल हुने गरेको, बिद्युतिय हाजीलाई अनिवार्य गरेको, बिमारीको लागि टोकनको व्यवस्थापन गरेको, सुचना पाटीमा सुचना टाँस गर्ने गरेको, अस्पतालको आफ्नै वेबसाईट निर्माण गरि सञ्चालनमा ल्याएको, सुरक्षा गार्ड र सिसी टिभी क्यामेराको जडान भएको लगायत पक्षहरु अस्पतालको राम्रा पक्षहरु भएको निर्देशनालयले जनाएको छ ।

कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद सापकोटाले भने ̎जुन रुपमा मूल्याङ्कनमा अङ्क पाउनुभएको छ त्यतिकै तपाईहरुमा चुनौति थपिएको छ । ” उनले थपे ̎तपाइहरुले झन मेहनतका साथ सेवाप्रवाहमा ध्यान दिनु आवश्यक छ ।”

स्वास्थ्य निर्देशनालयका निर्देशक नरेन्द्रकुमार झाले कार्यक्रममा बोल्ने क्रममा हालको सेवाको प्रभाव घटन नदिन आग्रह गरे । उनले चिकित्सक र स्वास्थ्यकर्मीहरुस्थानीय सरकारले पनि ध्यान दिन लोकतन्त्र प्रति चिकित्सकलाई भगवान र औषधीलाई जाधु ठान्ने प्रबृति बढेकोमा दुखेसो गरे । सडक दुर्घट्ना र प्रकोपमा परेका बिमारीमो परिवारबाट पहिलो सर्त ग्यारेन्टीको प्रश्न उठ्ने गरेको तितो पोखे । यसमा सरकारमा रहेका जिम्बेवार व्यक्तिहरु र नागरिक सवैले दाथित्व निर्वाह गर्ने कुरामा गम्भिर हुनुपर्ने आवश्यकता औल्याए ।

त्यस्तै सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले अस्पतालको विगत र वर्तमानको वारेमा पूर्ण ज्ञान भएको बताउदै सेवा बिस्तार र सेवा प्रवाहमा भएको परिवर्तनप्रति खुसी व्यक्त गरे । उनले भौतिक कुराले मात्र सवै कुराको पुर्ति नहुने भन्दै सेवा प्रवाह र वेवादिने व्यक्तिको प्रस्तुती निर्भर हुने बताए ।

अस्पतालको भवन वि.सं २०७२ को भुकम्पले ध्वस्त भएपछि प्रि फाइभ अस्थाई भवनबाट सेवा दिदै आइरहेको थियो । सुरुमा १५ शैयाको चौतारा अस्पताल प्रादेशिक अस्पताल भएसंगै ५० शैयामा स्तरोन्नती भएको छ । २०८० पुस ३ गते बागमती प्रदेश सरकार मन्त्रिपरिषद तथा स्वास्थ्य मन्त्रालयको निर्णय अनुसार ५० बेडमा अस्पताललाई विस्तार गरिएको थियो । पहिले रेफर सेन्टरको रुपमा चिनिदै आएको अस्पताल अहिले अस्पताल राजधानीको अस्पतालको झल्को दिने खालको बनेको छ । विरामीले सबै सेवा एउटै भवनबाट लिन सकिने भएको छ ।

अस्पताल प्रवेश गर्ने वित्तिकै सवारी पार्किङ सुविधा, क्षयरोगको औषधी वितरण स्थल, खोप लगाउने क्लिनिक, इमर्जेन्सी सेवा, फार्मेसी, सामाजिक सेवा ईकाई, स्वास्थ्य विमा सेवा लिने ठाउँहरु देख्न सकिन्छ । साथै विरामीले पालो कुर्ने ठाउँ पनि ब्यवस्था रहेको छ ।

अस्पतालले नियमित सेवाहरु जनरल ओपीडी, हाडजोर्नी, दन्तसेवा, सर्ने तथा नसर्ने रोग लगायतका सेवाहरु दिइरहेको चौतारा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रुद्रमणि भण्डारीले बताए । भण्डारीका अनुसार अस्पतालबाट सेवा लिनेहरुमा महिला तथा प्रसुती सेवामा बढी सन्तुष्ठ रहेको छ । दुई वटा विशेषज्ञ सेवा पनि छ । पहिलाको तुलनामा सेवा लिनेहरु वृद्धि भएको र तथ्यांक हेर्दा महिनामा ३ हजार भन्दा बढीले ओपीडी सेवा लिएका छन् । अस्पताल ब्यवस्थित भवनमा सारे संगै गुणस्तरीय सेवा दिन काम भइरहेको डाक्टर भण्डारीले बताए ।

उनका अनुसार विशेषज्ञ डाक्टर सहित ६३ जनाको दरबन्दी रहेको छ । अहिले कार्यरत डाक्टरहरु १६ जना छन् । दरबन्दी पूर्ति भएमा अस्पतालबाट दिने सेवामा थप सुधार हुने विश्वास डाक्टर भण्डारीले ब्यक्त गरे । हाललाई थाइ दरबन्दी अन्तरगत करारमा परिपुर्ती गरिदै आएको भण्डारीले बताए । जनताको विश्वास र जनभावनालाई ध्यानमा राखि अस्पतालबाट प्रवाह भइरहेको सेवालाई अझ चुस्तदुरुस्त रुपमा लैजाने बताउदै यसमा सवैलाई सहयोग गर्न पनि आग्रह गरे ।

अस्पतालले नयाँ भवनबाट सेवा दिन थालेसंगै स्वास्थ्य उपचार सेवा पनि पहिला भन्दा सुधार हुने नागरिकले आशा गरेका छन् । स्थानियले स्वास्थ्य उपचारका लागि जटिल भन्दा जटिल बाहेक राजधानी धाउनुपर्ने बाध्यता कम हुदै गएको देखिन्छ । पछिल्लो समय दैनिक ३० जना भन्दा बढीले फिजियोथेरापी सेवा पनि लिने गरेको अस्पतालले जनाएको छ ।

चौतारा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष केशवराज गिरीले अथक प्रयासबाट डायलसिस सेवाको लागि चौतारा अस्पताललाई सुचिकृत गर्न सफ भएको बताए ।