चाैताराकाे निःशुल्क स्वास्थ्य शिविरमा ४ सय १९ जनाले सेवा पाए

निर्मल बस्नेत
१० फागुन , चाैतारा । सिन्धुपाल्चोककाे चाैतारामा गरिएकाे निःशुल्क स्वास्थ्य शिबिरबाट ४ सय १९ जनाले सेवा पाएका छन् । शिबिरमा वालवालिकादेखी बृद्धबृद्धाहरुले समेत सेवा लिएका छन् ।

चाैतारा साँगाचाेकगढी नगरिालिकासंग समन्वय गरि पशुपति हेमियाेप्याथिक चिकित्सालय हरिहरभवन ललितपुरले उक्त सेवा उपलब्ध गराएको हाे । शिबिरमा सहभागिहरुकाे स्वास्थ्य अवस्थाकाे जाँच गरिनुकासाथै नि:शुल्क आैषधी बितरण गरिएको थियाे ।

चाैतारा आधारभुत स्वास्थ केन्द्रमा शनिबार बिहान ९ वजेबाट प्रारम्भ गरिएको शिबिरकाे उदघाटन चाैतारा साँगाचाेकगढी नगरपालिका उपप्रमुख सीता थापाले गरेकी हुन् । शिबिरकाे आैपचारिक कार्यक्रम पशुपति हेमियाेप्याथिकका डाक्टर रामकुमार अधिकारीकाे अध्यक्षतामा भएकाे थियाे ।

विभिन्न प्रकारकाे सेवामा चाैतारा र चाैतारा आसपासका ३ सय १ जना महिला र १ सय १८ जना पुरुष गरि ४ सय १९ जनाले शिबिरवाट सेवा लिएकाे चाैतारा साँगाचाेकगढी नगर स्वास्थ शाखा प्रमुख शिव पुरीले जानकारी गराए ।
उनले दिएकाे जानकारी अनुसार नगरपालिकामा सम्भाव्य फाउन्डेसनको आयाेजनामा आइतबार निशुल्क मानसिक स्वास्थ शिबिर पनि आयाेजना हुनेछ ।