
प्रेस चाैतारी नेपाल सिन्धुकाे अध्यक्षमा आचार्य नै दाेहाेरिए

निर्मल बस्नेत
७ फागुन , सुकेटे । सिन्धुपाल्चोक जिल्लाकाे सुकुटेमा प्रेस चौतारी नेपाल जिल्ला शाखा सिन्धुपाल्चोकको छैठौं अधिवेशन सम्पन्न भएकाे छ । अधिबेशनबाट सर्वसहमत रुपमा अध्यक्षमा बिदुर आचार्य निर्वाचित भएका छन् । आचार्य यसभन्दा अघि पनि अध्यक्ष रहेका थिए ।
समितिकाे उपाध्यक्ष सागर खड्का,महिला उपाध्यक्ष गोमा के. सि, सचिवमा दिपिन ढुंगाना , उप सचिवमा सुशिल सुवेदी समावेसी उप सचिवमा सुनिता लामा र कोषाध्यक्षमा बिसाल आचार्य निर्वाचित भएका छन् ।
त्यस्तै समिति सदस्यहरुमा जनार्दन नेपाल , प्रमिला विक , सहदेव ढुंगाना , मधु सुदन ढुंगाना रहेका छन् ।
अधिबेशनले प्रदेश प्रतिनिधिहरुमा देवराज सुवेदी र यज्ञ दंगाल , केन्द्रिय प्रतिनिधिमा माधव नेपाल र टीका सुवेदीलाई छनाेट गरिएकाे प्रेस चाैतारीका निवर्तमान उपाध्यक्ष देवराज सुवेदीले बताए ।
नेकपा एमालेका स्थाइ समिति सदस्य शेर बहादुर तामाङले अधिबेशनकाे उद्घाटन गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि तामाङले अधिबेशनमा बाेल्दै प्रबिधिसंग लड्न प्रबिधिकै प्रयाेग गर्नुपर्ने बताए । अवास्तबिक कुरामा बिस्वास गर्नेहरु हावी भएकाेले यसलाई चिर्नुपर्ने दायित्व आम सञ्चारकर्मीहरुकाे रहेकाे तर्क गरे ।
प्रेस चाैतारीका महासचिव हिरालाल लामाले देशमा हाउगुजी र सामाजिक सञ्जालकाे पछाडि दाैडिरहेकाेमा दुःख व्यक्त गरे । जहाँ बिचार सिद्धान्त र कार्यदिशा बिहिन छ । बिचार सिद्धान्त र आचरण भएका पार्टीहरुले सहिरुपले समयमा नै ध्यान दिन नसके अराजकताकाे हावी हुने बताए ।
लामाले दिनेश थापा पत्रकारीतामा सिन्धुपाल्चोककाे आयम भएको टिप्पणी गरे । उनले थापालाइ संगठनकाे निर्णय बिपरित लागेकाे भन्दै सहि दिशा र कार्यनीतिलाई पकडेर अघि बढ्न आग्रह गरे ।
एमाले पार्टी पाेलिव्युराे सदस्य अरुण नेपालले संबिधानमाथी धावा बाेल्दै पूर्वराजा ज्ञानेन्द्र शाहले २०४६ पछिकाे गतिविधि सहि नभएको भन्ने निरंकुशता निम्त्याउने अभिव्यक्तिप्रति खेद प्रकट गरे । रगत बगाएर ल्याएको व्यवस्थाकाे संस्थागत बिकासमा कलम चलाउन सञ्चारकर्मीहरुलाई आग्रह गरे ।
एमाले बागमती प्रदेश सदस्य एवं मेलम्ची नगरपालिका उपप्रमुख उमा प्रधान पत्रकारीताकाे गरिमालाइ चुम्न सक्ने नेतृत्व चयनकाे शुभकामना व्यक्त गरिन् ।
पार्टी बागमती प्रदेश सदस्य तथा सुनकाेशी गाउँपालिका अध्यक्ष टपिन्द्र तिमल्सिनाले सिन्धुपाल्चोककाे बेथितिहरु चिर्न सक्ने आँट र साहस गराेस् भन्ने कामना गरे ।
एमालेका जिल्ला अध्यक्ष हाेम नारायण श्रेष्ठले प्रेस चाैतारीमा केही संकटहरु रहेकाे भन्दै नीति र बिधिमा चल्न आग्रह गरे । संगठनमा लागेर संगठनकै हितबिपरित लाग्ने जाे काेहीलाइ क्षम्य नहुने भन्दै सहि दिशामा अघि बढ्न सवैलाइ सुझाए । त्यस्तै एमालेका पूर्व जिल्ला अध्यक्ष कमल नेपालले हरेक गलत चिजकाे आलोचना गर्दै समाजलाई सहि दिशामा बढाउने भुमिमामा अग्रसर रहन अाग्रह गरे ।
चाैतारीका प्रदेश इन्चार्ज बिष्णु कार्कीलेप्रबिधि प्रयाेगकाे काैसलता बिकास गरि पेशागत दक्षता बृद्दि गर्न आग्रह गरे ।
नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष ध्रुव दंगालले आफू प्रेस चाैतारीकाे साथसमेत पाएर अध्यक्ष पदमा निर्वाचित भएकाेले चाैतारीप्रति आभार व्यक्त गरे । उनले महासंघमा कसैलाई काख र कसैलाई पाखा राखेर व्यवहार नगर्ने प्रतिबद्धता जनाए ।
त्यसैगरि प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोकका अध्यक्ष अशाेक पराजुलीले सक्षम नेतृत्व चयन सहित अधिबेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा एमालेका नेताहरु , प्रेस चाैतारीका सिन्धुपाल्चोक सदस्यहरुकाे सहभागिता रहेकाे थियाे ।
चाैतारीले अधिबेशनकाे अवसरमा नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोककाे मंसिर २८ मा सम्पन्न निर्वाचनबाट निर्वाचित ध्रुव दंगाल नेतृत्वको समितिलाइ सम्मान गरेकाे थियाे ।