
प्रेस सेन्टर नेपाल बागमती अध्यक्षमा ध्रुव अधिकारी

निर्मल बस्नेत
६ फागुन, सुकुटे । सिन्धुपाल्चोककाे सुकुटेमा सम्पन्न प्रेस सेन्टर नेपाल वाग्मती प्रदेशकाे ५ आै अधिबेशनकाे निर्वाचनबाट ध्रुब अधिकारी अध्यक्षमा सर्वसहमतिले निर्वाचित भएका छन् । अधिकारी यसभन्दा अघिल्लो कार्यकाल महासचिव रहेका थिए ।
निर्वाचन समितिका संयाेजक इश्वरीराज मैनालीका अनुसार समितिकाे खुला उपाध्यक्ष उपाध्यक्ष राजन अधिकारी , समाबेशी उपाध्यक्ष गाैतम जिरेल, महिला उपाध्यक्ष अञ्जलि तामाङ , महासचिव नवीन श्रेष्ठ, खुला सचिव सुमन गैरे, मणिसुन्दर काेइरला (सुन्दर शिरीष) र राेजन तामाङ, महिला सचिब भावना रिजाल, दलित सचिव गम्भीर बि.क. र काेषाध्यक्ष राजेन्द्र गजुरेल निर्वाचित भएका छन् ।
त्यस्तै समितिकाे सदस्यमा सरला अधिकारी , मैना अधिकारी ,मनाेज दाहाल , नवराज अधिकारी , अनिल अधिकारी , यादव चाैलागाइ , नवराज अधिकारी , रुपा अर्याल , रुपा गुरुङ , उमेश राई, कमला तामाङ (अस्मी) , दलति सदस्य बबिता नेपाली , सदस्य सिला पाठक,हाेमनाथ चाैलागाई, सन्ताेष बास्ताकाेटी र गाेपिलाल तामाङ चयन भएका छन् ।
अधिबेशनले लेखा समितिकाे संयाेजकमा बालगाेबिन्द न्याैपाने र अनुशासन समितिकाे संयाेजकमा मीना श्रेष्ठलाई चयन गरेकाे छ ।
अघिल्लो समितिका महासचिव ध्रुव ज्ञावलीले प्रस्तुत हालसम्मको प्रगति प्रतिबेदन र काेषाध्यक्ष बद्री अधिकारीले प्रस्तुत गरेकाे आर्थिक प्रतिबेशन सर्वसहमतिले पारित गरिएको थियाे ।
नेकपा (माओबादी केन्द्र ) वाग्मती प्रदेश अध्यक्ष सरल सहयात्री पाैडेलले “बन्द सत्रमा भएकाे छलफल जनबादकाे प्रकृया हाे ” भने । उनले नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना प्रदान गरे ।
निर्वाचित समितिलाई सेन्टरका केन्द्रीय अध्यक्ष बिष्णु सापकोटाले पद तथा गाेपनीयताकाे सपथ खुवाएर प्रमाणपत्र बितरण गरेका थिए ।