सिन्धुपाल्चोकको साठीमुरेमा सवारी दुर्घटनामा ४ घाईते, एककाे अवस्था गम्भिर
२ फागुन , सुकुटे । सिन्धुपाल्चोकको साठीमुरेमा सवारी दुर्घटनामा हुँदा ४ घाईते भएका छन । एककाे भने गम्भीर अवस्था रहेकाे जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आज बेलुेकी २०:४० बजेको समयमा जिल्ला सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी न.पा. १० साठीमुरे स्थीत भित्रि सडक खण्डमा कार्कीटारबाट सुकुटे तर्फ जादै गरेको टिपर दुर्घटनामा परेकाे हाे ।
जिल्ला सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी न.पा. १० बस्ने बर्ष अ. ४९ को रेसम बहादुर खड्काले चलाएको बा ३ ख ५६६४ नं. को खालि टिफर सडकबाट अं. ५० मिटर तल खसी दुर्घटना हुँदा टिफरमा सवार चालक सहित ४ जना घाईते मध्ये साेही नगरपालिका १० बस्ने बर्ष अ. ४० को यम बहादुर माझी टाउकोमा चोट अबस्था गम्भिर घाईते भएका छन । उनलाई जिल्ला अस्पताल चौतारा तर्फ पठाईएको प्रहरीले जनाएकाे छ । अन्य घाईतेहरूमा सुकुटेका ४९ का रेसम बहादुर खड्का, साेहीका ३२ का भक्त बहादुर माझी र कार्कीटारका ४५ का कमल कार्की लगाएत तीनै जनालाई धुलिखेल पठाईएकाे प्रहरीले जनाएकाे छ । उनीहरूकाे टाउको र ढाडमा चोट लागेकाेले अबस्था गम्भिर समेत भएकाे स्थानीयकाे भनाए छ ।
घटनाकाे जानकारी पाउनसाथ प्रहरीचाैकी बलेफीबाट प्रहरी नायव प्रमोद कार्कीको कमाण्डमा ३ जना र प्रहरी चाैकी साँगाचोकबाट प्रहरी सहायक निरिक्षकको कमाण्डमा २ जनाको टोली खटीएर घट्नास्थलबाट घाईतेहरूकाे उद्दार गरिएकाे प्रहरीले जनाएकाे ।