लायन्स क्लवले हाजीरीजवाफ प्रतियोगीता गर्ने

निर्मल बस्नेत
२८ माघ, चौतारा । लायनस क्लब अफ काठमाण्डौ चौतारा सिटिले यही माघ ३० गते अन्तर माधयमिक स्तरी हाजीरी जवाफ प्रतियोगीता आयोजना गर्ने भएको छ ।

प्रतियोगीतामा चौतारा साँगाचोकगढी नगरपालिकाभरका माध्यमिक बिद्यालयमा ११ १२ कक्षामा अध्ययनरत बिद्यार्थीहरु सहभागिता गराइने लायन्सले जनाएको छ ।
जिल्लाको सदरमुकाममा रहेको जुगल बोर्डिङ्ग हाईस्कुलमा उक्त प्रतियोगिता सञ्चालन गरिने लायन्सका अध्यक्ष भगवान खड्काले बताए । उनले नगरभरको बिद्यालयलाई १ जना छात्रासहित ३ जना अनिवार्य सहभागिताको लागि पत्राचार गरिसकेको जानकारी दिए ।
प्रतियोगीतामा प्रथम हुनेले ६ हजार दोस्रो हुनेले ४ हजार ५ सय र तेस्रो हुनेले ३ हजार नगद पुरस्कारको साथमा मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले बताएको छ ।
प्रतियोगीता सञ्चालनमा शाक्यन इन्टरनेशनल , काठमाण्डौले आर्थिक सहयोग गर्ने सञ्चालक सन्तोष सापकोटाले बताए । शाक्यन इन्टरनेशनले शिक्षा र बैदेसिक रोजगारीमा उनले काम गर्दै आईरहेको जानकारी गराए ।