सेतीदवी ४८ औँ बर्षमा, समाजवबादी शिक्षामा जोड दिन पूर्वसभामुखको आग्रह

निर्मल बस्नेत
२३ माघ, कुबिण्डे । चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ४, कुबिण्डेमा रहेको सेतीदेबी पञ्चकन्या माध्यमिक बिद्यालय ४८ औँ बर्षमा प्रबेश गरेको छ ।
बुधबार बिद्यालयले आफ्नो बार्षिकोत्सव, अभिभावक भेला तथा भुपु बिद्यार्थी पुर्नमिलन कार्यक्रम बिविध कार्यक्रमका साथ मनाएको छ । बिद्यालय व्यवस्थापन समिति अध्यक्ष चुडामणी नेपालको अध्यक्षता र प्रनिनिधी सभाका पूर्व सभामुख अग्नीप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा उक्त समारोह कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै पूर्वसभामुख सापकोटाले कुविण्डे सधै अग्रगमनको पक्षमा निरन्तर बढिरहेको बताए ।
शिक्षमा पारिवारिक संस्कति नै मूख्य आधार भएको बताउँदै घर घरबाट वालवालिकाहरुलाई राम्रो ज्ञान प्रदान गर्न र व्यवहारमा जोड दिन आग्रह गरे । राज्यको संरचना र व्यवस्था मात्र परिवर्तनले नहुने भन्दै समयअनुकुनल समाजवादी शिक्षामा जोड दिनुपर्ने आवश्यकता औल्याए ।
उनले वच्चाहरु भनेको काँचो माटो हो भने । बिश्वविद्यालय सम्वन्धमा दार्सनिकको भनाइ सम्झदै बिद्यार्थीहरुलाई जे सिकायो त्यति बन्ने बताए ।

यता सापकोटाले वर्तमान सरकारलाई शुशासनको बिरोधीको संज्ञा दिए । अरु पार्टीको मान्छेलाई खोजी खोजी बिभिन्न आरोप र मुद्धा लगाउने, आफ्ना भ्रष्टचारीहरुलाई उन्मुक्ति दिने गरेकोले जनता, संघ र प्रदेश सरकारको घेराबन्दीमा परेको भन्दै अव धरै दिन नटिक्ने दाबी गरे । सरकार बिचौलिया र दलालको संरक्षणमा लागेर असफलताको बाटोमा रहेको कुरा प्रधानमन्त्री आफ्नै मुखबाट व्यक्त गर्ने गरेको बताए । उनले यो सरकार जान्छ भनेर खुसी हुनु पर्ने कुनै अवस्था नरहेको बताए । सापकोटाले गणतन्त्र स्थापना पछि यस्तो सरकार कहिल्यै नवनेको दावी गरे । सदन नचलाएर अध्यादेशको बाटो हिडेर झण्डै दुई तिहाईको सरकार त्राइत्राईमा रहेको बताए । सरकारले त्रिविको उपकुलपतिलाई कार्यकक्ष प्रबेशमा रोक लगाएको भनि खेद व्यक्त गरे । प्रधानमन्त्रीले कुलपतिले शिंहदरवारमा सिनेटको बैठक बस्दै त्रिवीमा जाने आँट समेत गर्न नसकेको तर्क गरे । कीनभने यो भन्दा अघि प्रधानमन्त्रीको बिरोधमा उत्रिएपछि डराएर भागेको आरोप लगाए ।

कार्यक्रममा प्रतिनीधीसभा सदस्य माधव सापकोटा, प्रदेश सभा सदस्य सरल सहयात्री पौडेल र चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटा कार्यक्रका बिशेष अतिथी रहेका थिए । चौतारा साँगाचोकगढी नगरपालिका पूर्व नगरप्रमुख अमानसिं तामाङ, बलेफी गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङ, चौतारा साँगाचोकगढी नगरपालिका उपप्रमुख सीता थपा, प्रमुख जिल्ला अधिकारी किरण थापा, चौतारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ सापकोटा, शिक्षा बिकास तथा समन्वय इकाईका प्रमुख बैकुण्ठ सुबेदीले बिद्यालयको उन्नयनको लागि शुभकामना व्यक्त गरेका थिए ।

अन्य बिद्यालयको बार्षिकोत्सव भन्दा भिन्न तरिकाले कार्यक्रको स्वरुप निर्माण गरिएको थियो । बिद्यालयको प्रधानाध्यापक रामचन्द्र नेपालले बार्षिक प्रगती प्रतिबेदन र लेखापाल रोशन सापकोटाले आर्थीक प्रतिबेदन प्रस्तुत गरेपछि बिद्यार्थीहरु र शिक्षिकाहरुको कलात्मक प्रस्तुतीलाई स्थान दिईएको थिायो ।

कार्यक्रमको बिच भागमा सञ्चारकर्मी दिपक खत्रीले सहजीकरण गरि अन्तरक्रियात्मक रुप दिईएको थियो । उक्त क्रममा बिद्यार्थी, शिक्षक, अभिभावक र पूर्व बिद्यार्थीहरुवाट प्रश्न जिग्यासा र सुझावहरु संकलन गर्ने कार्य भएको थियो । उक्त प्रश्न र जिग्यासामाथि बिद्यालयका प्रधानाध्यापक रामचन्द्र नेपाल र वडाध्यक्ष कुमार शर्माले प्रतिबद्धतासहितको जवाफ दिएका थिए ।

कार्यक्रमका बिच पूर्व बिद्यार्थी र अन्य सहयोगीहरुको सहयोग बिद्यालयलाई हस्तान्तरण गर्ने कार्य भएको थियो ।
बिद्यालयका नियमिति र प्राविधिक धारमा अध्यापन हुदै आएको बिद्यालयले जनाएको छ । २ सय ५० हाराहारीमा बिद्यार्थी रहेको बिद्यालयमा बिद्यार्थीहरुले पढ्दै कमाउदै कार्यक्रम पनि लागु गरेको छ । बिद्यालयको पूर्व प्रद्यानाध्यापक कृष्ण पौडेलको सञ्चालनमा भएको कार्याक्रममा शिक्षक, बिद्यार्थी, अभिभावक, राजनीतिक दल, समाजसेवी, बुद्धिजीवी, जग्गादाता, चन्दादाता, सहयोगदाता, पूर्व बिद्यार्थी र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।