फुटबलमा कृष्ण रत्न गंगा मावि प्रथम,सर्बाेत्कृष्ट खेलाडी नवीन कार्की बने

निर्मल बस्नेत
१९ माघ , चाैतारा । तेस्रो चाैतारा स्पाेर्टिङ क्लव ७ ए साइड प्रतियोगिता २०८१ मा कृष्ण रत्न गंगा मावि चाैतारा प्रथम भएकाे छ । प्रतियोगिताभरकै सहभागी खेलाडी मध्ये सर्बाेत्कृष्ट खेलाडी पनि साेही बिद्यालयका नवीन कार्की बने । उनी सर्वाधिक गाेलकर्ताकाे रुपमा समेत सम्मानित भए । प्रतियोगीताको पहिलो हाफमा नबिनले गरेको १ गोल नै जीतको आधार बन्यो ।

प्रतियोगितातामा ज्ञानमन्दिर नमुना मावि मेलचाैर उपबिजेता बनी दाेस्राे स्थान हासिल गर्न सफल भएका छन् ।
जनजागृति र सेतिदेबी स्याउलेका दुइ टिमले भने सान्त्वना स्थान पाएका थिए ।
प्रथम, द्दितीय र सान्वना स्थान हासिल गर्ने बिद्यालयहरुले क्रमश ३० हाजार, २० हजार र सान्वना स्थानमा हुने २ वटा विद्यालयले ५/ ५ हजार नगद पुरस्कार पाएका थिए ।

बिजेता र उपबिजेता खेलाडीहरूलाई मेडल , ट्रफी, र प्रमाणपत्र चाैतारा साँगाचाेकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा , वडाध्यक्ष शिव श्रेष्ठ र अन्य अतिथीहरुले वितरण गरेका थिए ।
प्रतियोगिता अवधिमा अनुशासित खेल प्रदर्शन गरेर सिद्बिगणेश मावि सानाेसिरुवारीकाे रहेकाे थियाे ।

प्रतियोगितामा उत्कृष्ट गाेलकिपर सन्देश दंगाल,बेष्ट मेडफिल्डर सुप्रिन्स बिष्ट र उत्कृष्ट डिफेन्डर पुजन श्रेष्ठ बने । उनीहरु तीन जना नै ज्ञानमन्दिर नमुना माविका खेलाडी हुन् ।

बलब्वाई सबिन तामाङ जेसन तामाङ सुमन तामाङ मेजर तामाङ युकेश र पिटरकुमार श्रेष्ठलाई मायाकाे चिनाे र जर्सी प्रदान गरिएकाे थियाे ।

प्रतियोगिता सम्पन्न गराउन सहयाेग गर्ने संघ सस्था र व्यक्तिहरुलाइ कदरपत्रबाट सम्मान गरिएको थियाे ।
प्रतियोगितामा निकेश घले , निकेश दंगाल र साेम बहादुर गुरुङ ले रेफ्रीकाे भूमिका निर्वाह गरेकाे चाैतारा स्पाेर्टिङ क्लवका सचिव राकेश रानाले बताए ।
नगरभरको ११ वटा माविको सहभागिता रहेको प्रतियोगिता १७ गतेबाट सञ्चालित थियो ।