
कर्मचारी संगठनको अध्यक्षमा पुःन दुर्गाप्रसाद ढुंगेल

निर्मल बस्नेत
१९ माघ, चौतारा । नेपाल निजामती कर्मचारी संगठन सिन्धुपाल्चोकको १२ औँ जिल्ला अधिबेशनबाट अध्यक्षमा पुःन दुर्गाप्रसाद ढुंगेल चयन भएका छन् । ढुंगेल यसभन्दा अघि पनि संगठनको अध्यक्ष रहेर एक कार्यकाल पुरा गरिसकेका छन् ।
चौतारामा शनिबार सम्पन्न अधिबेशनबाट उपाध्यक्षमा डुम बहादुर श्रेष्ठ, पुनम भण्डारी, सचिव डोल बहादुर घले, सहसचिव रेजिन्द्र प्रसाद सुवेदी, कोषाध्यक्ष राजन भुजेल चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा सरोज धिताल, गंगादत्त कवाडी, लिला श्रेष्ठ, रबिराज धिताल, कृष्णकुमार शाह, प्रगती भण्डारी, हरीशरण खड्का , समिता थापा, चण्डीका चौलागाई र ज्ञानु तामाङ रहेका छन् ।
अधिबेशनले तिलक राई, अनिरुद्र तिमल्सीना र जयादेबी खड्कालाई प्रदेश प्रनिनिधी र कमलादेबी श्रेष्ठ, कृष्ण बहादुर श्रेष्ठ, गोबिन्द प्रसाद कोईरला र रामप्रसाद न्यौपानेलाई केन्द्रिय प्रतिनिधीको रुपमा छनोट गरेको संगठनका जिल्ला अध्यक्ष दुर्गा प्रसाद ढुंगेलले जानकारी दिए ।
अध्यक्ष ढुंगेलका अनुसार अधिबेशन सफलताको लागि नेकपा एमालेका नेताहरु र संगठनका केन्द्र र प्रदेशस्तरका नेताहरुले शुभकामना व्यक्त गरेका थिए ।