सिन्धुपाल्चोकमा १३ करोड लागतमा नेपालकै पहिलो राफ्टिङ स्कुल निर्माण

१७ माघ, वलेफी । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५, बलेफी खोलाको किनारमा नेपालकै पहिलो राफ्टिङ स्कुल निर्माण भएको छ । निर्माणको अन्तिम चरणमा रहेको राफ्टिङ स्कुल पर्यटन विभागको आर्थिक सहयोगमा १३ करोडको लागतमा निर्माण भइरहेको यो स्कुलको ९८ प्रतिशत काम पूरा भइसकेको सिन्धु पर्यटन व्यवसायी संघका अध्यक्ष नारायण श्रेष्ठले बताए ।

उनका अनुसार नेपालमा साहसिक पर्यटनको प्रवद्र्धन, व्यावसायिक गाइड उत्पादन, तथा जल खेलकुद प्रशिक्षण दिने उद्देश्यले स्थापना गरिएको यो स्कुल एसियाकै पहिलो पूर्ण रूपमा राफ्टिङ तथा जल खेलकुद प्रशिक्षण केन्द्र बन्ने तयारीमा रहेको हो । संघका अध्यक्ष श्रेष्ठको पहलमा निर्माण भइरहेको यो स्कुल नेपालका लागि ऐतिहासिक उपलब्धि बन्ने बताइएको छ । उक्त राफ्टिङ स्कुल निर्माणमा संलग्न ठेकेदार कम्पनीका अनुसार फागुन महिनाभित्रै यसको उदघाटन गर्ने तयारी अनुसार काम भईरहेको छ ।

यस्तो छ राफ्टिङ स्कुलको विशेषता र उद्देश्य

अध्यक्ष श्रेष्ठका अनुसार यो राफ्टिङ स्कुल खेलमैदानका लागि छुट्याइएको जग्गामा निर्माण गरिएको हो । यहाँ राफ्टिङ, कायाकिङ, जल उद्धार, तथा अन्य जल खेलकुदको प्रशिक्षण प्रदान गरिनेछ । पहिलो उद्देश्यमा राफ्टिङ तालिम प्रदान गर्ने रहेको छ । जसमा बेसिक तालिम हुनेछ । सो अन्र्तगत नदीमा डुङ्गा सञ्चालन गर्ने, सुरक्षा उपायहरू अपनाउने, तथा आवश्यक उपकरणहरूको सही प्रयोग सिकाउने रहेको छ । एडभान्स तालिममा भने नदीको प्रवाहलाई बुझ्ने, जोखिम व्यवस्थापन गर्ने, र आपतकालीन अवस्थामा अपनाउने रणनीतिहरूको प्रशिक्षण दिने रहेको छ । त्यस्तै गाइड ट्रेनिङ अन्र्तगत व्यावसायिक गाइड बन्न चाहनेहरूलाई विस्तृत तालिम दिने व्यवस्था हुनेछ ।

यसैगरी दोस्रोमा सुरक्षा सम्बन्धी प्रशिक्षण दिने रहने छ । जसअन्र्तगत लाइफ ज्याकेट, हेल्मेट, र अन्य सुरक्षा उपकरणहरूको सही प्रयोग सिकाउने, डुङ्गा पल्टिएमा वा बगेमा के गर्ने भन्ने बारे प्रशिक्षण दिने र नदीको बहाव, जोखिमयुक्त क्षेत्रहरू, तथा उद्धार रणनीतिहरूको जानकारी गराउने रहेको छ । त्यस्तै तेस्रोमा व्यावसायिक राफ्टिङ गाइड तयार पार्ने रहेको श्रेष्ठको भनाई छ । जसअनुसार नेपाल र अन्तर्राष्ट्रिय स्तरमा काम गर्न सक्ने पेशागत गाइडहरू उत्पादन गर्ने र राफ्टिङ गाइडका लागि आवश्यक प्रमाणपत्र (ीष्अभलकभ) तथा अन्य आवश्यक कागजात प्रदान गर्ने रहेको छ । यस्तै चौथोमा पर्यटकीय तथा व्यावसायिक राफ्टिङ व्यवस्थापन रहेको छ । जसअनुसार नेपालमा साहसिक पर्यटन उद्योगलाई प्रवद्र्धन गर्ने र स्थानीय तथा अन्तर्राष्ट्रिय पर्यटकहरूका लागि विशेष राफ्टिङ प्याकेजहरू उपलब्ध गराउने रहेको छ । यसैगरी पाँचौ बुँदामा आपतकालीन उद्धार (च्भकअगभ त्चबष्लष्लन) प्रदान गर्ने रहेको छ । जसअनुसार बाढी तथा नदीजन्य आपतकालीन अवस्थाहरूमा उद्धार गर्न सक्षम जनशक्ति उत्पादन गर्ने र जल उद्धार तथा प्राथमिक उपचार सम्बन्धी प्रशिक्षण दिने रहेको छ ।
यस्तै छैटौंमा अन्य जल खेलकुद (ध्बतभच क्उयचतक) तालिम दिने रहेको छ । जसअनुसार कायाकिङ, क्यानोइङ, तथा अन्य जल खेलकुदको प्रशिक्षण उपलब्ध गराउने रहेको श्रेष्ठले बताए ।

ह्वाइट वाटर च्यालेन्ज २०१८ः जल खेलकुदमा ऐतिहासिक योगदान

अध्यक्ष श्रेष्ठका अनुसार सन् २०१८ मा बलेफी खोलामा ह्वाइट वाटर च्यालेन्ज (ध्जष्तभ ध्बतभच ऋजबििभलनभ) आयोजना गरिएको थियो, जसले यो क्षेत्रलाई साहसिक पर्यटन गन्तव्यका रूपमा स्थापित ग¥यो। यो प्रतियोगिता नेपालकै राफ्टिङ र कायाकिङ खेलाडीहरूका लागि ऐतिहासिक अवसर बनेको थियो । मुख्य आकर्षणहरूमा राफ्टिङ र कायाकिङ प्रतियोगिताः नेपाल तथा अन्तर्राष्ट्रिय खेलाडीहरू सहभागी, जल उद्धार (ध्बतभच च्भकअगभ) तालिमः नदी दुर्घटना भएमा उद्धार गर्ने उपायहरू प्रदर्शन र पर्यटन प्रवद्र्धनः साहसिक पर्यटनको सम्भावनालाई उजागर गर्ने अवसर रहेको छ । श्रेष्ठका अनुसार, ह्वाइट वाटर च्यालेन्ज सफल भएपछि, त्यही स्थानलाई नेपालकै पहिलो राफ्टिङ स्कुल निर्माण गर्न उपयुक्त भनेर छनोट गरियो हो ।

राफ्टिङ स्कुल निर्माण किन महत्वपूर्ण छ ?

नेपालमा साहसिक पर्यटनको ठूलो सम्भावना छ । हिमालबाट बग्ने चट्टानी नदीहरूका कारण नेपालमा राफ्टिङ, कायाकिङ, र अन्य जल खेलकुदको लागि उत्कृष्ट अवसरहरू छन् । जस्तै रोजगारीका अवसरहरूमा नेपालमा साहसिक पर्यटन बढ्दै गएकाले व्यावसायिक गाइडहरू आवश्यक रहनेछन् । त्यस्तै अन्तर्राष्ट्रिय स्तरको तालिमः नेपालमै तालिम लिई विदेशमा पनि गाइडका रूपमा काम गर्न सकिने र स्थानीय अर्थतन्त्रमा टेवा पुग्ने छ । जसमा साहसिक खेलकुद र पर्यटनको विकासले स्थानीय व्यवसायहरूलाई चलायमान बनाउने व्यवसायीहरुको ठहर छ ।

संघका अध्यक्ष नारायण श्रेष्ठको भूमिका

सिन्धु पर्यटन व्यवसायी संघका अध्यक्ष श्रेष्ठ नेपालका अग्रणी साहसिक पर्यटन व्यवसायी मध्ये एक हुन् । राफ्टिङ एसोसिएसन नेपालका पूर्व महासचिव भएर काम गरिसकेका श्रेष्ठ नेपालमा साहसिक पर्यटन प्रवद्र्धनका लागि समर्पित भएर लागिरहेका छन् । सिन्धुपाल्चोकमा ह्वाइट वाटर च्यालेन्ज २०१८ आयोजना गर्ने महत्वपूर्ण व्यक्ति मध्ये श्रेष्ठ एक हुन् ।
यसैगरी राफ्टिङ स्कुल स्थापना गर्ने परिकल्पना नारायण श्रेष्ठकै हो, जसले नेपाललाई साहसिक पर्यटनमा नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ ।

राफ्टिङ स्कुलको सम्भाव्यता र भविष्य

निर्माणधिन राफ्टिङ स्कुल नेपालकै पहिलो पूर्ण रूपमा जल खेलकुद तालिम प्रदान गर्ने स्कुल रहेको छ । १३ करोडको लगानीमा निर्माण गरिएको ठूला पूर्वाधारहरूमध्ये एक मानिन्छ । एसियाकै पहिलो राफ्टिङ स्कुल, जसले अन्तर्राष्ट्रिय स्तरका गाइड उत्पादन गर्ने विश्वास गरिएको छ । राफ्टिङ स्कुलको अन्तिम काम सम्मपन्न भएसंगै फागुन महिनामा उदघाटन गर्ने लक्ष्य रहेको श्रेष्ठको भनाई छ ।

राफ्टिङको प्रख्यात ठाउँ रहेको भोटेकोशी नदिमा अर्को ऐतिहासिक काम राफ्टिङ स्कुल बनेपछि नेपालको साहसिक पर्यटनको उज्ज्वल भविष्य रहेको व्यवसायीहरु बताउँछन् । सिन्धुपाल्चोकमा निर्माण भइरहेको राफ्टिङ स्कुल नेपालकै साहसिक पर्यटन विकासमा कोशेढुंगा सावित हुने जानकारहरु बताउँँछन् । यसले व्यावसायिक गाइड उत्पादन, उद्धार तालिम, र साहसिक खेलकुदलाई प्रवद्र्धन गर्ने विश्वास गरिएको छ । ह्वाइट वाटर च्यालेन्ज २०१८ को सफलताले यो क्षेत्रलाई पहिचान दिलाएझैं, राफ्टिङ स्कुलको स्थापना नेपाललाई अन्तर्राष्ट्रिय साहसिक पर्यटनको केन्द्र बनाउने दिशामा महत्वपूर्ण कदम हुने अध्यक्ष श्रेष्ठको दावी छ ।