
सूर्यविनायक नगरपालिकाको नयाँ प्रशासकीय भवनकाे प्रधानमन्त्री ओलीद्वारा उदघाटन

माघ १४ (२०८१), सूर्यविनायक । सूर्यविनायक नगरपालिकाले साेमबारबाट नयाँ प्रशासकीय भवनबाट सेवा सुचारू गरेकाे छ ।
नवनिर्मित भवनकाे सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरेका छन । कार्यक्रम बिहान ११ बजे शूरु भएपनि प्रम अाेली केही ढिला गरि कटुन्जेमा रहेकाे नयाँ निर्मित भवनकाे उदघाटन गर्न पुगेका थिए । भवन उदघाटन पछिकाे मन्तव्यलाई सम्बाेधन गर्दै प्रम अाेलीले वर्तमान गठबन्धन सरकार सुशासन र समृद्धिकाे पक्षमा निरन्तर लागिरहेकाे उदघाेष गरे । सरकार ढल्ने हल्लाकाे पछि नलाग्न आग्रह गर्दै प्रम अाेलीले आउँदाे २०८४ साल सम्म कांग्रेस एमाले गठबन्धन रहिरहने दावी गरे ।
कार्यक्रमलाई संघीय तथा प्रदेश सांसदहरूले समेत सम्बाेधन गरेका थिए ।
नगर प्रमुख बासुदेव थापाले चार कोठे भवन जगातीबाट सेवा शूरु गरेको नगरपालिकाको सुविधासम्पन्न भवन निर्माण गर्न सफल भएको र नयाँ भवनबाट सेवा प्रवाह सहज रुपमा हुने ठाेकुवा गरे ।
नगरिालिकाका अनुसार ६ रोपनी ११ आना २ पैसा ३ दाम क्षेत्रफलमा फैलिएको कार्यालय परिसरमा भवन मात्रै ३ रोपनी एक आनामा बनेको छ । सुविधासम्पन्न नयाँ भवनमा करिब ५०० सवारी साधन अट्ने दुई तल्लाको बेसमेन्ट पार्किङ रहेको छ ।
नवनिर्मित भवनमा दुईवटा लिफ्ट, ३०० जना अट्ने सेमिनार हल, दुई वटा वैठक कक्ष, एउटा पुस्तकालय र एउटा तालिम कक्ष रहेका छन् । त्यस्तै, ९२ वटा कार्यालय कक्ष साथै स्तनपान कक्षसमेत रहेको छ ।
नयाँ भवन २० करोड ४१ लाख ५२ हजार रुपैयाँ बराबर रकममा निर्माण गरिएको हो । भवन पूर्णरुपमा अपाङ्गमैत्री समेत रहेको छ । भवन उदघाटन भएसँगै साेमबारबाटै नयाँ कार्यालयबाटै सेवा प्रवाह भएकाे साे नगरपालिकाले जनाएकाे छ ।