चौतारा अस्पतालले गर्यो समाजिक परिक्षण

११ माघ, चौतारा । ग्रामीण सञ्चार तथा अनुसन्धान केन्द्र प्रा.लि को सहजीकरणमा चौतारा अस्पताल सिन्धुपाल्चोकले आ.व. २०८०÷०८१ को सामाजिक परिक्षण गरेको छ । शुक्रबार भएको सामाजिक परिक्षण सुचनाको हक सम्वन्धि ऐन २०६४ ले व्यवस्था गरेअनुरुप गरिएको हो ।

सिन्धुपाल्चोक जिल्लाको सदरमुकाममा रहेको प्रादेसिक चौतारा अस्पतालको आर्थिक वर्ष २०८०÷०८१ सामाजिक परिक्षणमा प्रमुख जिल्ला अधिकारी किरण थापाले सरकारले निशुल्क प्रदान गरिदै आएको औषधीहरुको बिषयमा सेवाग्राहीलाई प्रष्ट पार्न निर्देशन दिए ।

उनले कमिलालाई चिनीले निम्तो नदिएझै अस्पताल प्रशासनले सेवा गुणस्तरीयमा जोड दिदै बिस्वसनीय वातावरण सिर्जना गर्नमा अस्पताललाई आग्रह गरे । आकस्मीक रुपमा रगत व्यवस्थापन र आपुत्र्तिमा जोड दिदै रक्त सञ्चारको सेवालाई बिशेष रुपमा लिन आग्रह गरे ।


चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष सिव श्रेष्ठले स्वास्थ्य बिमाको अनिवार्य पहिलो सेवा केन्द्र चौतारा अस्पताललाई बनाउन पहल गरिनुपर्ने माग गरे । डाइलसिस सेवाको प्रचारप्रसार गरेर सेवालाई प्रभावकारी बानाउनुपर्नेमा जोड दिए । नगरपालिकाको सहयोगमा सञ्चालित निशुल्क थेरापी सेवालाई व्यवस्थापन गर्न नगरपालिका प्रतिबद्ध रहेको बताए ।

अस्पतालको निवर्तमान अध्यक्ष टंकबहादुर कार्कीले कर्मचारीहरुको एकतालाई कायम राखेर बिस्वसनीय वातावरण सिर्जना गर्नमा जोड दिए । उनले चौतारा नगरपालिकाले थप बजेट व्यवस्थापन गरेर सेवा बिस्तारमा लाग्नुपर्ने माग गरे ।
सार्वजनिक सुनुवाईमा सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी किरण थापा, जिल्ला प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख उमशंकर यादव, निवर्तमान अध्यक्ष टंक बहादुर कार्की, कोष तथा लेखा नियन्त्रक कार्यालयका , नेपाल रेडक्रश सोशाइटीका मन्त्री कमलचरण कक्षपति, मेडिकल सुपरिटेण्डेन रुद्रमणी भण्डारी, अस्पतालको स्वास्थ्यकर्मीहरु, सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

अस्पतालमा सेवाग्राहीले भोग्नुपरेको समस्या, गुनासा र समाधानका उपाय अपनाउन सामाजिक परीक्षण गरिएको हो ।

अस्पतालबाट शल्यक्रिया सेवामा विरामीले रगतको लागि भौतारिने पर्ने भएकाले ल्बड वैकं सञ्चालन गर्न माग गरेका छन् । तर पछिल्लो बर्षको तुलनामा थप धेरै सेवा बिस्तार गरि सेवा ग्राहीलाई सेवा दिई रहेको अस्पतालले पूर्वाधारसँगै बिरामी सेवामा गम्भीरता देखाएकोप्रति सहभागीहरुले खुशी व्यक्त गरेका थिए ।

समाजिक परिक्षणको विवरण हेर्दा विगतमा भन्दा अस्पतालमा विरामीको सेवा वृद्धिमा सुधार हुदै गएको छ । एम्वुलेन्स संख्या थप र व्लड बैक चाडै सञ्चालनको योजनामा रहेको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष केशवराज गिरीले बताए ।

अस्तालमा सेवा थपिएपछि विगतमा भन्दा दोब्बर विरामीले सेवा लिएको मेडिकल सुपरिटेण्डेन डा.रुद्रमणि भण्डारीले जानकारी दिए ।

उनले ५० सैयाको अस्पताल भएपनि ६२ सैयाको सेवा सञ्चालनमा रहेको बताए । चालुआर्थिक वर्षमा औषधी मेडिकल सप्लाई,गुणस्तर सुधार, कर्मचारी प्रोत्साहन,उपकरण र कर्मचारी तलव लगायतमा एक करोड ७५ लाख ७२ हजार खर्च भएको छ ।

अतिरिक्त सेवा प्रवाहमार्फत प्रोत्साहन भत्ता र अवासको व्यवस्था गरिनुपर्ने साथै सेवा सञ्चालन तथा व्यवस्थापन समितिसंग र साझेदार संघसंस्थासंग स्वास्थ्यकर्मीहरुले अन्तरक्रिया नियमित गर्न पाउनुर्ने कर्मचारीहरुको माग रहेको थियो ।
५० शैयाको अस्पतालमा २४ सै घण्टा इमरजेन्सी, ल्याब, फार्मेसी, भिडियो एक्स–रे र फिजोयो थेरापी सेवा सञ्चालनमा रहेको छ ।

१५ सैयाको अस्पतालको न्यूनतम मापदण्डमा गतबर्ष ९२ अंक प्राप्त गरेर देशकै उत्कृष्ट अस्पताल भएको थियो ।