
८ किलाेमा दर्दानक सवारी दुर्घटना, ट्रक ठक्कले अागाेलागि हुँदा बाईक चालककाे ज्यान गयाे

पुस ५, लामोसाँघु – लामोसाँघु–जिरी सडक खण्डअन्तर्गत सुनकोशी गाउँपालिका–६ थुम्पाखर स्थित ८ किलोमा मालबाहक ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
दोलखाबाट काठमाडौं जाँदै गरेको मधेश प्रदेश ०३–००२ ख ०५३४ नम्बरका मालबाहक ट्रकले बागमती प्रदेश ०२–०३३ प ७३०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्करपछि आगलागी हुँदा बाइक चालक लिसंखुपाखर गाउँपालिका–६ डाँडापाखरका दावा छिरिङ लामाको जलेर मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय अंधेरीका इन्चाज तथा वरिष्ठ सई गोपीराम भण्डारीले जानकारी दिए ।
ट्रक ठक्करबाट अागाेलागी भएर ज्यान गएकाे सम्भवत सिन्धुपाल्चोकमा पहिलाे घटना हाे । ट्रक चालक र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।