एमाले सचिव भट्टराईले राष्ट्रिय बिच भलिबल प्रतियोगितालाई दिए शुभकामना

२ माघ (२०८१), सुकुटे । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले सुुकुटेमा जारी राष्ट्रिय बिच भलिबल प्रतियोगितालाई शुभकामना दिएका छन् । आज दिउसो सुकुटे पुगेका पूर्वमन्त्री समेत रहेका भट्टराईले राष्ट्रिय बीच भलिबल प्रतियोगिता रहेको सुकुटेमा पुगेर भलिबल प्रतियोगिताको शुभदिएका हुन ।

दिउसो अबेर सुकेटे पुगेका भट्टराईलाई खेलकुदको आयोजक रहेको सिन्धु सुुकुटे पर्यटन व्यवसायी संघ तथा सिन्धुपाल्चोक जिल्ला भलिबल संघ लगाएत रिसोर्ट व्यवसायीहरुले स्वागत गरेका थिए । नेता भट्टराईलाई स्वागत गरेसंगै व्यवसायीहरुले पर्यटकीय क्षेत्र सुकुटे करिडोरमा पर्यटन पूर्वाधार विकास लगाएत कार्यको लागि सरकार सम्म पु¥याईदिन माग गरेका थिए ।

सबै व्यवसायीहरुले परिचय सहित आफ्नो धारणा राखेसंगै नेता भट्टराईले सुकुटे क्षेत्रको पर्यटन प्रर्वद्घनको लागि वर्तमान सरकारले सहयोग गर्ने आश्वसन दिए । ‘ दोलखा कालिन्चोक लगाएत ठाउँहरुमा यो करिडोर हुँदै पुग्ने यो क्षेत्रको पर्यटन प्रर्वद्घन गर्न आवश्यक छ’, नेता भट्टराईले भने ।

तातोपानी नाकाको सन्दर्भ कोट्याउँदै नेता भट्टराईले काठमाडौंबाट छिमेकी मुलुक तातोपानी पुग्ने नजिकको दुरी रहेको तातोपानी नाका पुग्ने अरनिको हाईवेलाई समेत स्तर उन्नती गर्न सरकारलाई आफूले आग्रह गर्ने बताए ।
नेता भट्टराई दोलखा कालिञ्चोक पुगेर काठमाडौं फर्कने क्रममा सुकुटे केही समय बसेका हुन् ।
नेपाल भलिबल संघकाे संयाेजनमा सिन्धु सुकुटे पर्यटन व्यवसायी संघ र सिन्धुपाल्चोक जिल्ला भलिबल संघकाे आयाेजना तथा व्यवस्थापनमा माघ १ देखि ५ गते सम्म हुने साँताै महिला तथा ८ अाै राष्ट्रिय पुरूष बिच भलिबल प्रतियाेगितकाे उदघाटन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए । सुकुटे बगरमा जारी राष्ट्रिय बिच भलिबल प्रतियोगितामा ६ वटा प्रदेश तथा ३ विभागीय टिम गरि महिला तथा पुरूष सभागी भएर प्रतिश्पर्धा गर्दैछन् ।